IME Life New

बीमा प्राधिकरण कोशी प्रदेशद्वारा बीमकको प्रदेश प्रमुखहरुसँग अन्तरकृया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले बीमकहरुको कोशी प्रदेश प्रमुखहरुसँग अन्तरकृया सम्पन्न गरेको छ। केहि दिन अघिमात्र कोशी प्रदेश प्रमुखको जिम्मेवारी पाएर आएका बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद कुमार पोखरेलले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा बिभिन्न जीबन बीमा, निर्जीवन बीमा, लघुबीमाका प्रदेश प्रमुखहरुको उपस्थित रहेको थियो।

Esewa
Crest

प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख विनोद कुमार पोखरेलले छलफलमा सबैलाइ सम्बोधन गर्दै भने हामी सबैको एउटै भावना बीमा क्षेत्रको बिकास सकारात्मक तवरबाट कोशी प्रदेशमा हुनुपर्दछ । यस क्षेत्रमा बीमकहरुबिच स्वास्थ्य प्रतिस्पर्धा भइ बीमितको अधिकतम हित पहिलो नम्बरमा हुनुपर्दछ।

उनले भने, दाबी भुक्तानी सरल सहजै उपलब्ध गराउनु बीमकको पहिलो दायित्व रहन्छ । प्रदेश भरिको सिघ्र बीमा दाबि भुक्तानी गराउनु प्रदेश प्रमुखको पहिलो दायित्व रहेको कारण यसमा ध्यानाकर्षण गर्न सम्पुर्ण प्रदेश प्रमुख लाइ निर्देशन दिए ।

साथै, कोशी प्रदेश भित्र बीमा सम्बन्धमा कुनै गुनासो वा दाबी भुक्तानी सम्बन्धमा ग्राहकले कुनै समस्या पाए बीमा प्राधिकरणको ढोका जहिले खुल्ला रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै, उक्त कार्यक्रममा जीबन बीमा निप्सको सचिब अमितकर्णले कोशी प्रदेशमा दाबी भुक्तानी सहज र सरल ढङगबाट अन्य प्रदेश भन्दा जहिले पनि एक नम्बर हुनुपर्ने बताए ।

उक्त कार्यक्रममा निर्जिवन बीमा नेपाल इन्स्योरेन्सको प्रदेश प्रमुख तथा निप्स निर्जिवन बीमाको अध्यक्ष मदन खतिवडाले कोशी प्रदेशका निर्जिवन बीमा बीमकहरु एक आपसमा मिलेर बीमा क्षेत्रको बिकासमा लागि परेको र बीमा प्राधिकरणसँग हातेमालो गरेर बीमा बिकासमा सदैव लागि पर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS