IME Life New

बीमा प्राधिकरणले पूँजी बृद्धि योजनाको समय नथप्ने, रिस्क बेस क्यापिटल अनुसार व्यवसाय गर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि चैत मसान्तसम्म दिएको क्यापिटल प्लानको समय थप नगर्ने आन्तरिक गृहकार्य सुरु गरेको छ । यद्यपी प्राधिकरणले अहिलेसम्म क्यापिटल प्लानको समय थप गर्ने विषयमा कुनै पनि निर्णय गरिसकेको छैन ।

जीवन बीमा कम्पनीहरुले यहि चैत मसान्त भित्र न्युनतम ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे दुई अर्ब रुपैयाँ पूँजी जुटाउनु पर्नेछ । गत चैत १० गते प्राधिकरणले क्यापिटल प्लानको निर्णय गर्दै यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

Esewa
Crest

तोकिएको न्युनतम चुक्ता पूँजी जुटाउने क्रममा हकप्रद शेयर निष्काशनलाई पुर्ण रुपमा रोक लगाइएको छ । कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न रोक लगाए सँगै बीमा कम्पनीहरु मर्जरका लागि बाध्य भएका थिए । यसै क्रममा हालसम्म निर्जीवन तर्फ तीन वटा र जीवन तर्फ एक वटा मर्जर सफल भएको छ । अझै निर्जीवन तर्फ तीन वटा जोडी र जीवन तर्फ पनि तीन वटा जोडी मर्जरको प्रकृयाँमा छन् ।

मर्जरमा नगएका धेरै वटा कम्पनीको पूँजी पुग्ने छाटकाट देखिदैन । अव पूँजी जुटाउन नसक्ने कम्पनीलाई पुनः समय थप गर्न नहुने नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने ‘हामीले क्यापिटल प्लानको विषयमा अहिलेसम्म निर्णय गरिसकेका छैनौ तर मेरो व्यक्तिगत विचारमा समय थप गर्नु हुँदैन ।’

जोखिममा आधारित पूँजी ‘रिस्क बेस क्यापिटल’ सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न खोजिरहेको सन्दर्भमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न दिएर पूँजी जुटाउन दिन नहुने प्राधिकरणको तर्क छ । समयमा पूँजी जुटाउन नसक्ने कम्पनीहरुलाई उनिहरु सँग जति पूँजी छ त्यहि अनुसारको मात्रै व्यवसाय गर्न पाउने व्यवस्था गर्दा उपयुक्त हुने पौडेलको भनाइ छ ।

कम्पनीहरुलाई आफ्नो क्षमता अनुसार मात्रै व्यवसाय गर्नु भनेर निर्देशन दिइने उनले बताए । प्राधिकरणले अझै पनि मर्जरका लागि दवाव दिने रणनीति बनाएको छ । हकप्रद शेयर निष्काशन गर्न कुनै पनि हालतमा नदिने पौडेलले बताए । प्राधिकरणले न्युनतम चुक्ता पूँजीका लागि नपुग २०/५० प्रतिशतका लागि मात्रै अनुमति दिने जनाउदै आएको छ ।

प्राधिकरणले हकप्रद शेयर निष्काशन गरेर न्युनतम चुक्ता पूँजी जुटाउन कुनै पनि हालतमा नदिने जनाएको छ । पछिल्लो समय मर्जर भाडिए पछि प्रभु इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पाउनु पर्ने तर्क राख्दै आइरहेका छन् । मर्जर प्रकृयाँमै समावेश नभएका नेको इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनीहरुले पाएसम्म हकप्रदका लागि दाउ खोजिरहेका छन् ।

यि कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न नपाउने प्राधिकरणले जनाएको छ । मर्जर र बोनस शेयर मार्फत न्युनतम चुक्ता पूँजी जुटाउन छुट भए पनि हकप्रद मार्फत पूँजी जुटाउन नपाउदा यि कम्पनीहरुलाई गाह्रो पर्ने देखिन्छ । न्युनतम चुक्ता पूँजी नजुटाउने कम्पनीहरुलाई क्यापिटलले खाम्ने जति मात्रै व्यवसाय गर्न पाउने व्यवस्था गर्ने वित्तीकै उनिहरु मर्जरका लागि जुट्ने प्राधिकरणको रणनीति छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS