IME Life New

बीमा प्राधिकरणले कर्मचारी विनियमावलीको ढाँचा तयार पार्दै, श्रम ऐनका मापदण्डलाई अनिवार्य गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । नेपाल बीमा प्राधिकरणले कर्मचारी विनियमावली, दिग्दर्शन (म्यानुअल) तथा कार्यविधिको ढाँचा तयार पार्ने भएको छ । बीमा कम्पनीहरुले आफु खुसी कर्मचारी विनियमावली बनाउन थाले पछि प्राधिकरणले एकरुपता ल्याउनका लागि आफैले टेमप्लेट तयारी पार्ने भएको हो । जवकी बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन, २०७५ को मस्यौदा धेरै लामो समयदेखि प्राधिकरणले स्वीकृत गर्न सकेको छैन ।

बीमा कम्पनी पिच्छे कर्मचारीका सेवा सर्तको व्यवस्था हुन थाले पछि प्राधिकरणले प्रचलित कानुनी व्यवस्थाको अधिनमा रहेर कर्मचारीहरुका लागि न्युनतम व्यवस्थाहरु सहित टेमप्लेट तयार पार्न थालेको हो । प्राधिकरणले प्रत्येक कम्पनीलाई कर्मचारी विनियमावलीको टेमप्लेट दिनु पर्ने देखिएको अध्यक्ष सिलवालले जानकारी दिए । उनले भने ‘टेमप्लेट भित्र न्युनतम यि कुरा हुनु पर्यो भनेर उल्लेख गरिदिनु पर्यो । यस्तो भयो भने हामीलाई नियमन गर्न सहज हुन्छ ।’

Esewa
Crest

प्राधिकरणले तयार पारेको टेमप्लेट भन्दा बाहिर गएको विनियमावलीलाई स्वीकार नगरिने उनले जानकारी दिए । उनले प्राधिकरणका कर्मचारीहरुलाई तत्काल यस्तो टेमप्लेट तयार पार्न निर्देशन दिएका छन् । संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा बीम कम्पनीको सञ्चालक समितिले कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली तथा जोखिमांकन, बीमा दाबी, पुनर्बीमा, बजारीकरण, सूचना प्रविधि दिग्दर्शन र बीमा प्राधिकरणले निर्देशन गरे बमोजिमका आवश्यक अन्य विनियमावली तथा दिग्दर्शन बनाउनु पर्ने व्यवस्था छ ।

यहि क्रममा बीमा कम्पनीहरुले आफुखुसी कर्मचारी विनियमावली बनाउदै आएका छन् । यस क्रममा कतिपय बीमा कम्पनीको विनियमावली धेरै मोटो हुने र कतिपयको एकदमै पातलो हुने भन्दै अध्यक्ष सिलवालले व्यङ्ग्य गरे । उनले भने ‘आकार कति हुनु पर्ने हो भन्ने कुरा क्ल्लियर हुनु पर्यो ।’

तर यस क्रममा फलानो बीमा कम्पनीले यति मुनाफा वितरण गर्यो हाम्रोले किन गरेन भनेर प्रश्न भने गर्न नपाइने बताएका छन् । कम्पनीको आ-आफ्नै स्ट्रेन्थ हुने र सबैको प्रस्तुती र कार्यशैली फरक हुने भएकाले कतिपय विषयमा तुलना गर्न नमिल्ने उनको तर्क छ ।

बीमा कम्पनीहरुले मनदाग्दी बढुवा गर्ने, तलब बढाउने, पद सोपानको व्यवस्था गर्ने गरेका छन् । पदशोपानमा धेरै कम्पनीहरुको समस्या छ । कर्मचारी विनियमावलीमा प्राधिकरणले टेम्प्लेट बनाउने वित्तीकै यस्ता समस्या समाधान हुने विश्लेषण गरिएको छ ।

कतिपय बीमा कम्पनीहरुले श्रम ऐन अनुसार पाउनु पर्ने सेवा सुविधा समेत नपाइरहेको अवस्थामा प्राधिकरणले यस विषयमा हस्तक्षेप गर्नु पर्ने कर्मचारी युनियनहरुको माग रहेको छ । केहि कम्पनीहरुले सुत्केरी अवस्थामा महिला कर्मचारीहरुलाई समेत काम लगाइरहेको भन्दै कर्मचारी युनियनका पदाधिकारीहरुले यस्तो विषयमा प्राधिकरणले टेमप्लेट बनाएर सबैमा समान व्यवस्था लागु हुनु पर्ने माग राखेका छन् ।

केहि कर्मचारीको बढुवा भइरहने र केहि कर्मचारीको बढुवा नै नहुने धेरै समस्या देखिदै आएको छ । कर्मचारीको बढुवा लगायतका कुराहरुमा कम्पनीहरुले मार्केटिङलाई मात्रै आधार मान्दा धेरै कर्मचारीहरु बीमा क्षेत्रबाटै बाहिरिनु पर्ने बाध्यता बढ्दै गइरहेको छ । यस्ले गर्दा बीमा क्षेत्रमा मार्केटिङ गर्ने कर्मचारी बाहेक अन्य कर्मचारी टिक्न नसक्ने अवस्था छ । मार्केटिङकै कारण माथि पुगेका कर्मचारीले पुनर्बीमा, अण्डराइटिङ, लेखा, दाबी भुक्तानी, पोलिसी सर्भिसिङ लगायतका विभागमा काम गर्नु पर्ने हुन्छ । यस्तो अवस्थामा कम्पनीको नतिजा राम्रो आउनै नसक्ने कर्मचारीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

84%
happy

खुसी

0%
sad

दु :खी

3%
amazed

अचम्मित

8%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS