IME Life New

बीमा पहुँचमा राष्ट्रिय औसतभन्दा कोशी प्रदेशको अवस्था राम्रो, बीमामा १२.७५% योगदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशवासीको बीमामा पहुँच राष्ट्रिय औसतभन्दा सुदृढ देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले कोशी प्रदेशको बीमामा पहुँच राष्ट्रिय औसतभन्दा माथि रहेको देखिएको हो ।

केन्द्रीय बैंकले कोशी प्रदेशमा २०८० फागुन मसान्तसम्म बीमाको पहुँच ४५‍‍.१६ प्रतिशत जनतासम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार फागुनसम्ममा बीमा पहुँचमा समेटिएका जनसंख्याको हिस्सा जम्मा ४३.१६ प्रतिशत रहेको छ । बीमाको पहुँच गणनाका लागि प्रदेशको कूल जनसंख्यालाई नेपालको कूल जनसंख्याले भाग गरिन्छ।

Esewa
Crest

 

श्रोतः नेपाल राष्ट्र बैंक

यो अवधिसम्म कोशी प्रदेशमा सक्रिय बीमालेख संख्या २० लाख ४३ हजार ७६ रहेको छ। जसमा जीवन बीमातर्फ १७ लाख ६८ हजार ८९३ र निर्जीवन बीमातर्फ २ लाख ७४ हजार १८३ रहेको छ।

बैंकका अनुसार फागुन मसान्तसम्म जीवन र निर्जीवन बीमकले कोशी प्रदेशमा १५ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन्। जसमा जीवन बीमकले १३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ र निर्जीवन बीमकले २ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

यो अवधिमा बीमा कम्पनीले कूल २१ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्। जसमा जीवन बीमकले मात्रै २ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ र बाँकी निर्जीवन बीमकले भुक्तानी गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS