IME Life New

बीमा कोषको रकमबाट बोनस खाने सिइओ भट्टराई बिरुद्द प्राधिकरणमा उजुरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितबाट जीवन बीमाशुल्कवापत स‌ंकलित रकम बीमितकै हितका लागि प्रयाेग गर्नुपर्ने भएपनि साविक महालक्ष्मी लाइफ ( हाल प्रभु महालक्ष्मी लाइफ) इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमाकाेषकाे रकम झिकेर नाफा नोक्सान हिसाबमा सारेर  कर्मचारी बाेनशमा दुरूपयाेग गरेको बिषयमा इन्स्योरेन्स खबरले  असोज २० गते समाचार प्रकाशित गरेपछि बीमा बजार तरंगित भएको छ।

रमेश भट्टराईकाे त्याे गम्भीर वित्तीय अपराध, बीमाकाेष फाेडेर कुम्ल्याए कर्मचारी बाेनश

Esewa
Crest

बीमा प्राधिकरणको निर्देशन बिपरित बीमाकोषको रकम नाफा नोक्सान हिसाबमा सारेर आर्थिक वर्ष २०७७/७८ मा कर्मचारीलाई बोनस खुवाए पछि साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सका बीमितहरु सिइओ भट्टराईलाई हदै सम्मको कारवाही गर्न माग गर्दै नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गरेका छन्।

उजुरीमा भनिएको छ तत्कालिन महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले नेपाल बीमा प्राधिकरणको निर्देशन विपरित आ.व. २०७७/७८ को वित्तीय विवरणमा जीवन बीमा कोषमा हाल्नु पर्ने रकम नहाली कर्मचारी बोनस वितरण गरि आफूले पनि बोनस खाएको भन्ने बारे हामी सबै बीमितको गम्भिर ध्यानाकर्षण भएको छ । जीवन बीमा कम्पनीहरुको वित्तीय विवरण सहजै रुपमा सर्वसाधारणले नबुझ्ने भएकोले सिइओ भट्टराईले आर्थिक अपचलन गर्न सक्ने सम्भावना रहेकोले के कसो भएको हो सो सम्बन्धमा छानविन गरि हदै सम्मको कारवाही गरि सर्वसाधारण बीमितहरुको सुरक्षा गर्नु नियामक प्राधिकरणको कर्तब्य भएको स्मरण गराउँदै पूनः निश्पक्ष छानविन गरी कारवाही गर्न अनुरोध गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

10%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS