IME Life New

बीमा कम्पनीहरुको ३८% ले घट्यो पोलिसी सरेण्डर, नेपाल लाइफको सर्वाधिक हुँदा कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को कार्तिक महिनामा ६ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कार्तिक महिनामा मात्रै ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका हुन् ।

गत असोज महिनामा ९ हजार ९३६ जनाले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए । गत असोज महिनाको तुलनामा कम्पनीहरुको पोलिसी सरेण्डर संख्यामा कमी आएको देखिएको छ । बीमा पोलिसी सरेण्डर कम हुनु बीमा क्षेत्रको लागि राम्रो हो । गत असोज महिनाको तुलनामा पोलिसी सरेण्डर गर्नेको संख्या ३८ दशमलव ६८ प्रतिशतले घटेको छ ।

Esewa
Crest

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका बीमा कम्पनीहरुमध्ये कार्तिक महिनामा नेपाल लाइफको सरेण्डर सर्वाधिक देखिएको छ । गत असोजमा नेपाल लाइफको २६ सय ४९ जनाले २८ करोड ९३ लाख रुपैयाँको पोलिसी समर्पण गरेकोमा उक्त संख्या कमी आई कार्तिक महिनामा १७ सय ७७ जनाले २६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेण्डर देखिएको छ ।

चालु आर्थिक वर्षको कार्तिक महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको  ४५० जना बीमितहरुले ४ करोड ६० लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ३९१ जना बीमितहरुले ६ करोड ३३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यस्तै, एलआइसी नेपालका ११ सय ५५ जना बीमितहरुले १७ करोड ४५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका १६४ जना बीमितहरुले १ करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ९८७ जना बीमितहरुले १२ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका ६५ जना बीमितहरुले ४८ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका ५१ जना बीमितहरुले ६० लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका ७३ जना बीमितले ४० लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १५३ जना बीमितहरुले ८३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका १९७ जना बीमितहरुले २ करोड ८४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका ९३ जना बीमितहरुले ९७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ४७७ जना बीमितहरुले ४ करोड २६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ५८ जना बीमितहरुले ६८ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS