IME Life New

बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै आधा बढी जनसंख्या बीमाको पहुँचबाट टाढै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म बीमा कम्पनीहरुले डेढ खर्ब रुपैयाँ माथिको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म जीवन र निर्जीवन बीमकहरुले १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

यो तथ्यांकअनुसार बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

यसैगरी अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क समीक्षा अवधिसम्म १.१६ प्रतिशतले बढेर ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ थियो।

हाल नेपालमा १४ जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्।

चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमकहरुले १ करोड ३९ लाख ५४ हजार ५७१ वटा बीमालेख जारी गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमकहरुले १ करोड ३८ लाख ८३ हजार ३५७ वटा बीमालेख जारी गरेका थिए।

निर्जीवन बीमकहरुले जारी गरेको बीमालेख भने अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५.४५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले २३ लाख ५० हजार ६५२ वटा बीमालेख जारी गरेकोमा समीक्षा अवधिसम्म बढेर २४ लाख ७८ हजार ७२७ पुगेको छ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४३.६४ प्रतिशत मानिस बीमाको दायरामा रहेका छन्। अघिल्लो वर्ष कुल जनसंख्याको ४३.५६ प्रतिशत जनसंख्या बीमाको दायरामा रहेका थिए।

बीमा कम्पनीहरुको व्यापार बढे पनि अझै आधाभन्दा बढी जनसंख्या बीमाको पहुँचबाट टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS