IME Life New

बीमा अभिकर्ता संघकाे समानान्तर संगठनकाे चेपुवामा नेपाल लाईफका सिइ‍‍ओ पराजुली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । पेशागत अभिकर्ता बीमा स‌ंघ नेपाल, बीमक समितिकाे एउटा फ्याक्शनले माग पत्र पुरा गर्न ध्यानाकर्षण गराएकाे दुई साता पनि नहुँदै गणेश अधिकारी नेतृत्वकाे  पेशागत अभिकर्ता स‌ंघले पनि तीन बुँदे माग पत्र पेश गरेकाे छ।

संघका अध्यक्ष गणेश अधिकारी नेतृत्वकाे टाेलीले साेमबार प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीसमक्ष तीन बुँदे माग पत्र पेश गरेका हुन् । माग पत्रमा बजार सुहाउँदाे नयाँ बीमा याेजना माघ महिनाभित्रै सार्वजनिक गर्न, अभिकर्ता सवारी कर्जा एक साताभित्र उपलब्ध गराउन र बीमितले बीमालेख कर्जाकाे साँवा र ब्याज समयमै तिर्न नसकेका कारण बीमालेख जफत गर्ने समयावधी थप गर्न माग गरेकाे छ।

Esewa
Crest

आर्थिक मन्दीका कारण बचतमा गिरावट आउनुका साथै बै‌ंक तथा वित्तीय संस्थाबाट सहजरूपमा कर्जा उपलब्ध हुन नसकेपछि बीमितहरूले बीमालेख नै धिताे राखेर कर्जा लिनुपर्ने बाध्यात्मक अवस्था छ। पछिल्लाे समयमा रकमकाे जाेहाे गर्नका लागी बीमालेख धिताे राखेर कर्जा लिने प्रवृत्ती ह्वात्तै बढेकाे छ।

नेपाल लाईफ इन्स्याेरेन्सले आफ्नाे बीमितलाई चालू आर्थिक वर्ष २०७९।८० काे पुसमसान्तसम्ममा २१ अर्ब ६७ कराेड रुपैयाँ बीमालेख कर्जावापत उपलब्ध गराएकाे छ। बीमितलाई उपलब्ध गराएकाे कर्जामा नेपाल लाईफले बीमालेख कर्जाकाे ब्याजबाटै बीमितहरुबाट २ अर्ब २२ कराेड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेकाे छ।

नेपाल लाईफले बीमालेख धिताे कर्जाकाे ब्याज दर १० प्रतिशतबाट पुस ६ गतेदेखि ११ प्रतिशत पुर्याएकाे छ। अर्द्ध वार्षिकरुपमा ब्याजकाे रकम तिर्ने शर्तमा कर्जा उपलब्ध गराइएकाे हुँदा वास्तविक ब्याज दर १०‍.२५ प्रतिशत हुन आउँछ। यही आधारमा नेपाल लाईफकाे बीमालेख धिताे कर्जावापतकाे ब्याज गणना गर्दा २ अर्ब २२ कराेड २० लाख रुपैयाँभन्दा बढी हुन्छ। अधिका‌ंश बीमितलाई छ छ महिनाकाे अन्तरालमा ब्याज भुक्तानी नगर्दा ब्याजवापतकाे रकम समेत साँवामा गणना हुने जानकारी नहुँदा बीमितलाई अनावश्यक भार थपिने गरेकाे छ। बीमितले जम्मा गरेकाे बीमाशुल्क किस्ता र बीमालेखले आर्जन गरेकाे बाेनश रकमकाे आधारमा गणीतिय फर्मुलाका आधारमा प्राप्त हुने समर्पण मूल्यकाे ९० प्रतिशतसम्म बीमालेख कर्जा दि‌ंदै आएका छन् ।

यसअघि माघ १० गते कृष्ण प्रसाद आचार्य अध्यक्ष रहेकाे समानान्तर संघले पनि प्रमुख कार्यकारी अधिकृत पराजुलीसमक्ष माग पत्रबारे ध्यानाकर्षण गराएकाे थियाे । पेशागत बिमा अभिकर्ता संघ नेपाल, बीमक समितिका अध्यक्ष आचार्य नेतृत्वकाे टाेलीले संघले पेश गरेकाे १८ बुँदे माग र २१ बुँदे माग सम्बन्धमा ध्यानाकर्षण गराउँदै चार बुँदे माग तत्काल पुरा गर्न दबाब दिएकाे थियाे।

स‌ंघले बजारमा प्रतिस्पर्धा गर्न सक्ने आकर्षक बीमा याेजना तुरुन्त सार्वजनिक गर्न, बीमितले पाउने बाेनश दर वृद्धि गर्न, बीमितकाे बिमालेख कर्जाकाे ब्याज दर यथाशीघ्र पुरानै दर १०% कायम गर्न र बीमित, अभिकर्ता, कर्मचारी र शेयरधनीहरू सबैकाे सराेकारकाे विषयमा कुनै निर्णय गर्नु अघि यस बीमक समितिसँग अनिवार्य छलफल गर्नुपर्ने माग गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

17%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS