IME Life New

बीमालेख धितोकर्जाको व्याजदर बढ्दा ‘फरफिचर’ बढ्दै, होस पुर्याउनुहोस यसरी हुँदैछ तपाईको पोलिसी सरेण्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बीमालेख धितोकर्जाको व्याजदर बढाउदा बीमितको पोलिसी फरफिचर ‘जफत’ हुने क्रम बढेको छ । बीमा कम्पनीहरुका अनुसार बीमितले बीमालेख धितोकर्जा लिएर लामो समयसम्म भुक्तानी नगर्दा पोलिसी फरफिचरको अनुपात बढ्न थालेको हो ।

बीमाको भाषामा पोलिसी फरफिचर भनेको एक किसिमको सरेण्डर नै हो । जहाँ बीमा कम्पनीहरुले समयमा कर्जा भुक्तानी नगर्ने बीमितको बीमा पोलिसी नै जफत गर्दछन् । सामान्यतया बीमितहरुले आफ्नो बीमा पोलिसी धितोमा राखेर बीमा कम्पनीहरुबाट लिएको कर्जाको साँवा र व्याज सहितको एकमस्ठ रकम उक्त पोलिसीको सरेण्डर भ्यालु भन्दा माथि नाघ्ने वित्तीकै स्वत जफत हुन्छ ।

Esewa
Crest

यदि कुनै बीमितले सरेण्डर भ्यालुको ९० प्रतिशत अर्थात एक लाख सरेण्डर भ्यालुको ९० हजार रुपैयाँ लिएका रहेछन् भने पछिल्लो व्याजदर अनुसार उसले वर्षमा १० हजार ८०० रुपैयाँ व्याज भुक्तानी गर्नु पर्छ । यदि बीमितले एक वर्षमा उक्त कर्जा भुक्तानी नगरेमा व्याज रकम पनि साँवामा जोडिन्छ । यस हिसावले बीमितको कुल कर्जा एक लाख ८०० पुग्छ । यदि दोस्रो वर्षमा पनि बीमितले कर्जा तथा साँवा भुक्तानी नगरेमा कुल कर्जामा पुन १२ प्रतिशतका दरले व्याजदर गणना हुँदा एक लाख १२ हजार ८९६ रुपैयाँ पुग्छ ।

तर बीमितले बीमा शुल्क पनि भुक्तानी नगरेको अवस्थामा सरेण्डर भ्यालुमा खासै ठुलो बृद्धि हुँदैन । यसरी दुई वर्षसम्म कर्जाको सावाँ, व्याज, साथै बीमा शुल्क पनि भुक्तानी नगरेको खण्डमा बीमितले लिएको उक्त कर्जा रकम सरेण्डर भ्यालु भन्दा माथि पुगिसक्छ ।

यस अवधिमा कम्पनीहरुले बीमितलाई समयमा साँवा, व्याज अथवा प्रिमियम भुक्तानी गर्न ताकेता गर्दछन् । यदि बीमित सँग सम्पर्क भएन वा बीमित स्वयंले थाहा पाइ पाइ भुक्तानी नगरेको अवस्थामा कम्पनीले पोलिसी जफत गर्दछन् । तर बीमितले बीमालेख धितोकर्जाको साँवा, व्याज र बीमाशुल्क मध्ये कुनै एक मात्रै भुक्तानी गरेको रहेछ भने पनि फरफिचर हुने सम्भावना न्युन हुन्छ । यदि बीमा शुल्क भुक्तानी गर्यो भने सरेण्डर भ्यालु बढ्छ साथै केहि साँवा तथा व्याज तिर्यो भने उसले तिर्नु पर्ने कर्जा रकम भन्दा सरेण्डर भ्यालु केहि माथि नै रहन्छ । यसले गर्दा कम्पनीहरुले पोलिसी जफत गर्न पाउदैनन् । त्यसैले यदि कुनै बीमितले बीमालेख धितोकर्जा लिएर लामो समयसम्म कुनै पनि दायित्व पुरा नगरेको अवस्थामा यस्तो जोखिम रहन्छ ।

फरफिचर भएमा बीमितलाई के कस्तो नोक्सानी हुन्छ ?

फरफिचर हुनुभनेको कम्पनीलाई भन्दा पनि बीमितलाई नै सबैभन्दा धेरै नोक्सानी हुन्छ । यस्तो हुने वित्तीकै पोलिसी पुरै निष्कृय रहन्छ र बीमा पोलिसीले बीमितको कुनै पनि जोखिम बहन गर्न सक्दैन । साथै बीमितले चाहेर पनि उक्त पोलिसीलाई निरन्तरता दिन पाउदैन ।

बीमितले बीमालेख धितोमा राखेर जति कर्जा लिएको थियो त्यो बाहेक उसको हातामा एक रुपैयाँ पनि आउदैन । त्यसैले सकेसम्म बीमितले यस्तो अवस्था सिर्जना हुन दिनु हुँदैन । कर्जा लिए पछि कमसेकम व्याज मात्रै भुक्तानी गर्यो भने पनि पोलिसी जफत हुँदैन । यदि कर्जा भुक्तानी गर्न सक्ने अवस्था छैन भने बीमा शुल्क भुक्तानी गर्नु पर्छ ।

समयमा बीमाशुल्क भुक्तानी नहुँदा ल्याप्सेस हुने सम्भावना पनि रहनेछ । बीमा पोलिसीमा ल्याप्सेस हुनु वा सरेण्डर हुनु दुबै बीमा कम्पनी र बीमितको हितमा छैन ।

आफ्नै पैसाबाट कर्जा लिदा पनि अधिकतम व्याजको चपेटामा    

बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा ८/१० प्रतिशतमै प्रवाह गर्दै आइरहेका थिए । तर पछिल्लो समय अधिकाम्स बीमा कम्पनीहरुले यस्तो कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएका छन् । यसरी कर्जाको व्याजदर बढाउदा फोरफिचर हुने अवधि छोटिन्छ । जवकी बीमितहरुले आफैले तिरेको प्रिमियमबाट कर्जा लिदा अधिकतम व्याजदर तिर्नु परेको छ ।

बीमा कम्पनीहरुले मनलाग्दी व्याजदर बढाउदा बीमितलाई अन्याय भएको विश्लेषकहरु बताउछन् । बीमा लेखधितोकर्जाबाट आर्जन भएको व्याज आम्दानी बीमितकै कोषमा जाने हुँदा बीमितलाई नै फाइदा हुने कतिपय बीमकको भनाइ छ । प्रत्यक्ष रुपमा हेर्दा यो बीमितको कोषमा जम्मा गरिए पनि बीमितको कोषबाट आर्जन भएको निश्चित प्रतिशत रकम शेयरधनीदेखि लिएर बीभिन्न कोषमा जान्छ । जसबाट बीमितका अतिरिक्त शेयरधनी समेत लाभांन्वित हुने विज्ञहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS