IME Life New

बीमाको रकम उठाएर खाने विकृति विरुद्ध म आफै अभिकर्ता बने – अब्दुल कलाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अब्दुल कलाम , अभिकर्ता, एलआइसी नेपाल

होटल व्यवसाय सम्हाल्दै आएका अब्दुल कलाम बीमा अभिकर्ता हुन् । अब्दुलको स्थायी घर महोत्तरी जिल्ला हो । आज भन्दा लगभग ७ वर्ष अघि गुणस्तरीय शिक्षाको सपना लिएर काठमाडौँ आएका कलाम भन्छन्, “मेरा बच्चाहरुलाई गुणस्तरीय शिक्षा हासिल गर्नका लागि भनेर म आज भन्दा ७ वर्ष अघि यता आएको थिए, पढाईको सिलसिला सँगसँगै म होटल व्यवसाय तर्फ लागे र अहिले भने एलआइसी नेपालमा बीमा अभिकर्ताको रुपमा काम गर्दै आईरहेको छु ।”

अब्दुल एलआइसी नेपालमा लगभग ९ महिना अघि देखि बीमा अभिकर्ताको रुपमा काम गर्दै आएका छन् । होटल व्यवसाय चलाउदैँ आएका अब्दुलले एलआइसी नेपालकै एक बीमा अभिकर्ताको सल्लाहमा यो पेशामा आवद्ध हुन् पुगेका थिए । “पहिले पहिले हाम्रो समुदायमा प्राय त बीमा के हो, यो के का लागि भन्ने नै ज्ञान थिएन्,” अब्दुल भन्छन् “हाम्रोे समुदायमा बीमा अभिकर्ताहरु नपुग्ने त होईनन्, पुग्थे तर पनि कतिपय अभिकर्ताहरुले हामिसँग बीमा वापतको पैसा लिने तर कम्पनीमा नदिने गर्ने गरेको पनि पाईन्थ्यो । यो अवस्थालाई कम गर्नका लागि भनेर पनि यो पेशामा आवद्ध हुन मन लाग्यो,”

Esewa
Crest

अब्दुल भन्छन्, “बीमा आर्थिक सुरक्षा हो, आजको सानो सानो बचतले भोलिको ठुलो आर्थिक जोखिम बहन हुन्छ । तर आज पनि बीमा प्रति आम मानिसहरुको आकर्षण बढ्न सकेको छैन् । मेरो समाजमा रहेका सबै मानिसलाई बीमाको पहुँचमा समेट्ने उद्देश्य रहेको छ ।”

आफ्नो बच्चाको बीमा गराउने शिलशिलामा उनी बीमा अभिकर्ताको पेशामा जोडिन पुगेका थिए । आफ्नी छोरीको बीमा गराउनका लागि कलामले एक जना बीमा अभिकर्तासँग सहकार्य गरेका थिए । “उहाँ सँग म आफ्ै बीमा अभिकर्ता हुनका लागि केके चाहिन्छ भनेर जिज्ञासा व्यक्त गर्दा, मैले जीवन बीमाको बारेमा बुझ्ने अवसर पाएको थिए । उहाँ कै सल्लाहामा म यो पेशामा आवद्ध रहन पुगे । अब्दुलले विगत सम्झदै भने । ”

अब्दुलले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि आफ्नै छोरीको पहिलो बीमा गराएको बताए । त्यसपछि आफ्नै छरछिमेक र आफ्न्तहरुको बीमा गरेका अब्दुल भन्छन्,“ मैले आज सम्म आफ्नै समुदायको मानिसहरुलाई बढी समेटेको छु । ”

विशेष त गाउँघर तिर बीमा बुझाउन गाहे रहेको कलाम बताउँछन् । अझै पनि गाँउ घरका आम मानिसहरुमा हाम्रो पैसा डुब्छ भन्ने मानसिकता रहेको छ । अझै पनि बीमा बुझाउन मुश्किल हुने गरेको उनले बताए । यो पेशामा लाग्दाको समय र ९ महिनाको अन्तरलाई दाजेर हेर्दा बीमा बुझाईमा केही परिवर्तन भने रहेको बताउछन् ।

तपाईले यदि बीमा गर्नु भयो भने, तपाईको आम्दानी वापत प्राप्त भएको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ, साथै जोखिम पनि कभर गर्छ, यीनै कुराहरुलाई समेटेर बीमितलाई बीमा बुझाउने गरेको अब्दुल बताउँछन् । “बैंकमा राखेको पैसाले रिक्स कभर गर्दैन्, यदि त्यहि पैसाले बीमा पोलिसि खरिद गर्नु भयो भने तपाईको भविष्यमा पर्न गएको अनिश्चित जोखिमलाई सामना गर्न सहज हुन्छ, यस्तै कुराहरु बाडेर म मेरो समाजका मानिसहरुलाई बीमा बुझाउछु,” उनले भने ।

बीमा अभिकर्ता पेशामा सन्तुष्ट रहेका अब्दुल भन्छन्, “आम्दानीको हिसाबले हेर्ने हो भने म सन्तुष्ट नै रहेको छु,” बीमा अभिकर्ताहरुलाई बजारमा आम मानिसले हेर्ने दृष्टिकोण खासै राम्रो नरहेको अब्दुल बताउँछन् ।

कतिपय बीमा अभिकर्ताहरुले गरेको १/२ नराम्रा कामले गर्दा अभिकर्तालाई हेर्ने दृष्टिकोण नराम्रो रहेको उनले बताए । अब्दुल भन्छन्, “शहनशिलता, धैर्यता, मिलनसार, सबैमा घुलमिल हुने क्षमता जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्ता एउटा यस्तो सामाजिक काम हो । ”

उनी भन्छन्, “ग्राहकहरुलाई बीमा बुझाउनु पर्ने कुरा नै यो पेशाको मूख्य चूनौति रहेको छ । जो कोही पनि अभिकर्ता भएर काम गर्न पाउने र छोटो तालिम लिए पछि नै अभिकर्ताको ईजाजत पत्र पाउने र सही रुपमा काम गर्नु यो पेशाका अन्य चूनौतिहरु रहेका छन् ।”

अब्दुल भन्छन्, वास्तव मै अझै पनि ग्रामीण क्षेत्रमा जीवन बीमाको बारेमा जनचेतनाको कमी रहेको छ, जसका कारण अभिकर्ताहरुले अति जोखीम मोलेर नै बीमाको बजार विस्तार गर्नु पर्ने अवस्था रहेको छ । तर, केही बीमा अभिकर्ताहरुले बीमितसँग लिएको रकमलाई नै हिनामिना गर्ने गरेको पाईन्छ बीमा अभिकर्ता पेशको अर्को चुनौति यो पनि हो ।

आज पनि बीमाको पहुँच भन्दा बाहिर रहेको जनसंख्या धेरै रहेको छ । अब्दुल भन्छन्, “आम मानिसहरुलाई बीमाको पहुँचमा ल्याउनको लागि बीमा अभिकर्ताको नै सबै भन्दा ठुलो भूमिका हुन्छ । यसका साथै बीमा अभिकर्ता सँगै अभिकर्ता संघ, बीमा कम्पनी, बीमा समितिको पनि उत्तिकै मात्रमा भुमिका रहेको हुन्छ । ”

अब्दुल अहिले आफ्नो परिवारसँग तिलगंगामा बस्दै आएका छन् । होटल व्यवसाय सँगै बीमा अभिकर्ता पेशालाई पनि जोड्दै अगाडि बढ्दै गरेका अब्दुल बीमा अभिकर्ता पेशालाई नै आफ्नो भविष्यको पेशाको रुपमा स्थापित गर्ने बताउँछन् । आफ्नै समाजमा रहेका आममानिसहरुमा भविष्यमा पर्न सक्ने जोखिमलाई बीमाको माध्यमबाट कभर गर्दै जाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS