IME Life New

बीमकहरुले १ वर्षमा गरे १ खर्ब माथिको व्यापार, साढे ४४% ले बढ्यो वैदेशिक रोजगार बीमालेखको संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले पछिल्लो एक वर्षको अवधिमा १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल बीमाशुल्क अघिल्लो वर्षको तुलनामा २.७५ प्रतिशतले बढी हो।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनी (निर्जीवन र जीवन)हरुले २०८० माघसम्म १ खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०७९ माघसम्म कम्पनीहरुले १ खर्ब ६ अर्ब ४५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

Esewa
Crest

यो १ वर्षको अवधिमा कुल जीवन बीमाशुल्क ४.२४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमाशुल्क २.६ प्रतिशतले घटेको छ। २०८० माघसम्म जीवन बीमकहरुले ८६ अर्ब ९२ करोड रुपैयाँ र निर्जीवन बीमकहरुले २२ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। २०७९ माघसम्म जीवन बीमकहरुले ८३ अर्ब ३९ करोड रुपैयाँ र निर्जीवन बीमकहरुले २३ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

बीमकहरुले २०८० माघसम्म १६ अर्ब १५ करोड रुपैयाँ प्रथम जीवन बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बीमकहरुले १६ अर्ब ४५ करोड रुपैयाँ प्रथम जीवन बीमाशुल्क आर्जन गरेका थिए। यो हिसाबले पछिल्लो १ वर्षको अवधिमा प्रथम जीवन बीमाशुल्क १.८५ प्रतिशतले घटेको छ।

यसैगरी २०८० माघसम्म बीमकहरुले ७० अर्ब ७७ करोड रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म बीमकहरुले ६६ अर्ब ९३ करोड रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। यस हिसाबले नवीकरण जीवन बीमाशुल्क संकलन ५.७३ प्रतिशतले बढेको छ।

कम्पनीहरुले २०८० माघसम्म १ करोड ३७ लाख ९४ हजार १३७ वटा कुल जीवन बीमालेख र १७ लाख २ हजार ९८७ कुल निर्जीवन बीमालेख जारी गरेका छन्। अघिल्लो वर्ष यही अधिसम्म कम्पनीहरुले १ करोड ४२ लाख ६० हजार १३९ वटा कुल जीवन बीमालेख र १६ लाख ३६ हजार २८४ कुल निर्जीवन बीमालेख जारी गरेका थिए। यो १ वर्षको अवधिमा जीवन बीमालेख संख्या ३.२७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमालेख संख्या ४.०८ प्रतिशतले बढेको छ।

पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगार बीमालेख संख्या ४४.५० प्रतिशतले बढेको छ। गत वर्ष माघसम्म १३ लाख ६० हजार ३८८ वटा वैदेशिक रोजगार बीमालेख जारी भएमा यस वर्ष माघसम्म बढेर १९ लाख ६५ हजार ७६४ पुगेको छ। म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या अघिल्लो वर्ष माघसम्मको तुलनामा ११.८३ प्रतिशतले घटेर यो वर्ष माघसम्म ६३ लाख १४ हजार ८१ वटामा खुम्चिएको छ। अघिल्लो वर्ष माघसम्म यो संख्या ७१ लाख ६१ हजार ३१७ वटा थियो।

प्राधिकरणको तथ्यांकअनुसार २०८० माघसम्म बीमाको दायरामा आएको जनसंख्या (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) ४३.१४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष माघसम्म यो संख्या ४४.७० प्रतिशत थियो। २०८० माघसम्म कुल जनसंख्या ३ करोड ६ लाख २ हजार ४४८ रहेको प्राधिकरणको तथ्यांक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS