IME Life New

बिमितको स्वास्थ्यमा जिम्मेवार बन्दै: ज्योति लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: पछिल्लो पटक बिमा समितिले एकैपटक ९ ओटा जिबन बिमा कम्पनीहरुलाई जिबन बिमा ब्यबसाय संचालनको अनुमति दिए संगै बिमा क्षेत्र थप चलायमान भएको छ, नेपालमा जिबन बिमा कम्पनीहरु धरै भएको विश्लेषण तथा बिमा योजनाहरु समेत एउटै किसिमका भएको आरोप लागेको सन्दर्भमा ज्योतिलाईफ इन्स्योरेन्सले भने नेपाली बीमा क्षेत्रमा फरक किसिमका बिमा योजना तथा सुबिधा दिने प्रयाश गरेको छ।

पछिल्लो समयमा देखिदै आएका घातक रोगहरु विभिन्नप्रकारका मुटु रोग, क्यान्सर, मृगौला सम्बन्धि समस्या आदिले गर्दा मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको तथ्य हामीले देख्न तथा सुन्नु पर्ने अवस्था छ भने अर्को तिर पारिबारिक आर्थिक अवस्थाको कारणले समयमा स्वास्थ्य उपचारको अभाबमा रोग पाल्नु पर्ने तथा मृत्युको सिकार हुनु पर्ने नेपाली समाजको आबश्यकता परिपूर्ति हुने गरि कम्पनीले आफ्ना बिमा योजनाहरु ल्याएको छ।

Esewa
Crest

जिबन बिमा कम्पनीहरु दिने ऐच्छीक सुविधाहरु जस्तै दुर्घटना मृत्यु लाभ, दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधाको अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्सले ‘घातक रोग’ (Critical Illness ) को सुबिधा ल्याएको छ, जुन सुबिधा नेपाली लगानीमा संचालित अन्य जिबन बिमा कम्पनीहरुका बिमा योजनामा पाईदैन।

ज्योतिलाईफ इन्स्योरेन्सले ल्याएको यो सुबिधा ऐच्छीक सुविधा हो, थप बीमाशुल्क भुक्तानी गरी ‘घातक रोग’ (Critical Illness ) को सुबिधा लिन सकिन्छ । यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावको उमेर १८ वर्ष देखि ५० वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० हुनेछ । यो सुविधा मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १०,००,०००/– सम्म मात्र लिन सकिने छ ।

यो सुविधा लिएमा बीमितले ११ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण भएमा बीमितलाई एकमुष्ठ मूल बीमाड्ढ रकम बराबर वा अधिक्तम रु. १०,००,०००/– सम्म रकम प्रदान गरिने छ ।

नेपालको जिवनबीमा क्षेत्रमा, ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी यस्ता विभिन्न रोगहरु विरुद्ध उचितऔषधोपचार समेट्न पाएकोमा आफूलाई सधैं एक कदम अगाडी राख्न सफल भएकोमा गौरान्वित भएको छ।

जिबन बीमा कम्पनीहरुको भीडमा अलग तरिकाले सेवा सुबिधा दिन प्रयासरत जिबन बिमा कम्पनी ज्योति लाईफ जीवन बिमा व्यवसायको दायरा फराकिलो पार्दै नेपालभर सेवा केन्द्र विस्तारलाई प्राथमिकतामा राखेको छ। हरेक नेपालीको भविष्य सुरक्षित, सुनिश्चित तथा खुशिमय बनाउन सहयोग पुर्याउने उद्धेश्य रहेको पनि कम्पनीको भनाई छ।

कम्पनीले हाल ज्योति एकल तथा सिमित अवधि सावधिक जीवन बीमा, ज्योति सुनौलो भविष्य बाल जीवन बीमा, ज्योति म्यादी जीवन बीमा, ज्योति धन लाभ जीवन बीमा, ज्योति सुरक्षित भविष्य जीवन बीमा , ज्योति सुरक्षित बचत जीवन बीमा गरि ६ ओटा जिबन बीमा योजनाहरु संचालनमा ल्याएको छ।

कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २ अर्ब २० करोड रहेको छ । हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६६ करोडकोे सेयर जारी गर्ने भएको छ । सर्वसाधारणको सेयर जारी पछि पूँजी रु. २ अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS