IME Life New

बिपिडब्लु लघुवित्तको चौंथो वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज असार २६ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले जावलाखेल स्थित होटेल ले बगैचामा आयोजना गर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण गर्न सञ्चालक समिति बाट बैधानिक लेखा परीक्षकको रुपमा आचार्य केआर एण्ड एसोसिएट्स लाई नियुक्त गर्न गरेको निर्णयलाई अनुमोदन गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Esewa
Crest

सभाले यस वित्तीय संस्थाको समूह “ख” सर्वसाधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

सभाले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि दुबै वित्तीय संस्थाको चल, अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्न संयुक्त मर्जर समितिबाट सम्पत्ती र दायित्व मूल्यांकनकर्ता पिएलआरजि एसोसियट्स चाटर्ड एकाउण्टेण्ट्स लाई नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरेकोमा सञ्चालक समितिको सिफारिश बमोजिम लेखापरीक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धी निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि गर्ने अन्तिम सम्झौता पत्र लगायतका अन्य कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले यस वित्तीय संस्थाले थप अन्य नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्रप्राप्त “घ” बर्गको लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्नको लागि उपयुक्त देखिएमा सो सम्बन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेछ ।

सभाले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभ्ने गाभिने गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत नियमनकारी निकायको स्वीकृति लिने, अभिलेख गर्ने क्रममा वा पूँजी संरचना वा प्रबन्धपत्र, नियमावलीको संशोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम संशोधन परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS