IME Life New

बिटक्वाइन, क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्रामा लगानी नगर्न राष्ट्र बैंकको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले Bitcoin कारोबार, Cryptocurrency कारोबार र Virtual Currency/Cryptocurrency तथा Network Marketing अन्तर्गतको कारोबार/व्यवसाय गैरकानुनी रहेकोबारे क्रमशः मिति २०७४/०४/२९, २०७८/०५/२४ र २०७८/१०/०९ मा सार्वजनिक सूचनाहरु प्रकाशन गरेको ब्यहोरा पुनः अवगत गराइएको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency -Stablecoins समेतले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य (Legal Tender) नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा Virtual Currency/Cryptocurrency –Stablecoins समेतको कारोबार गैरकानुनी रहेको छ । Virtual Currency/Cryptocurrency-Stablecoins समेत, पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढकारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ ।

Esewa
Crest

अतः नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका Virtual Currency/Cryptocurrency –Stablecoins समेत), पिरामिडमा आधारित Network Marketing तथा Hyper Fund कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, Mining सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS