IME Life New

बाल्ट्रा होम अप्लायन्सको कारोबार ओरालो, नाफा मार्जिन पनि १० प्रतिशतले खुम्च्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाल्ट्रा ब्राण्डमा साना घरेलु विद्युतीय उपकरण बिक्री गर्दै आएको बालाजी एनपिको कारोबार २० प्रतिशतले खुम्चिएको छ। घरायसी प्रयोजनका विद्युतीय उपकरणको बिक्रेता कम्पनीहरूको उपस्थिति बढेसँगै नेपाली उपभोक्ता माझ बाल्ट्राको लोकप्रियता घट्दै गएको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार बाल्ट्राको कारोबार आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९।८० मा १ अर्ब ७ करोड रूपैयाँ बराबरको कारोबार गरेको छ। यो रकम  आर्थिक वर्ष २०७८।७९ को तुलनामा २० प्रतिशतले कम हो । इक्राले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार २०७८।७९ मा बाल्ट्राको बिक्रेता बालाजी एनपिले १ अर्ब ३३ करोड ८० लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो।

Esewa
Crest

बढ्दो प्रतिस्पर्धा र लागतका कारण यसको सञ्चालन नाफा मार्जिन पनि १० प्रतिशत बिन्दुले खुम्चिएर आव २०७८।७९ देखि नै १० प्रतिशतबाट नाै प्रतिशतमा सीमित हुन पुगेको छ। यसको नगद प्रवाहले चालु कर्जा भुक्तानी गर्न सक्ने क्षमता पनि खस्किएको छ। आव २०७८।७९ मा यस्तो अनुपात १.३ गुणा रहेकोमा अघिल्लो आवमा १ गुणामा सीमित रह्यो ।

बढ्दो विप्रेषण आप्रवाहका कारण खर्च गर्ने पैसा हात हातमा पुगेपछि साना घरेलु उपकरणको माग बढेको छ। साथै जीवनशैलीमा आएको परिवर्तनले पनि सकारात्मक प्रभाव पारेको छ। घरेलु बजारमा विद्युतीय उपकरणको बढ्दो मागका कारण गत आर्थिक वर्षमा भने बाल्ट्राले आफ्नो कारोबार आम्दानीमा केही सुधार अनुभव गरेको छ। इक्रा नेपालका अनुसार गत आर्थिक वर्षमा यसको कारोबारमा २६ प्रतिशतले वृद्धि भएको थियो। यद्दपी यो तथ्य लेखा परिक्षण प्रतिवेदनपछि मात्र पुष्टी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS