IME Life New

बागमती प्रदेशमा जीवन बीमकको करिब ४४% व्यवसाय, अरु प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकका अनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले विभिन्न बीमालेख बिक्रीबाट चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म ३० अर्ब १५ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल व्यापारको ४३.७२ प्रतिशत बागमतीमा रहेको छ। बागमतीबाट मात्रै बीमकहरुले १३ अर्ब १८ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

दोस्रो ठूलो बजार लुम्बिनी प्रदेश रहेको छ। यो प्रदेशबाट जीवन बीमकहरुले दुई महिनामा ४ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापार लुम्बिनी प्रदेशको हिस्सा १५.२० प्रतिशत रहेको छ।

यसैगरी जीवन बीमकको तेस्रो ठूलो बजार कोशी प्रदेश देखिएको छ। कोशीबाट कम्पनीहरुले ३ अर्ब ९० करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यवसायको १२.९४ प्रतिशत हिस्सा हो।

कम्पनीहरुले भदौसम्म गण्डकी प्रदेशबाट ३ अर्ब १६ करोड ९० लाख रुपैयाँ, मधेश प्रदेशबाट २ करोड अर्ब ६९ करोड ५० लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ७५ करोड ४ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ८७ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा गण्डकीको १०.५१ प्रतिशत, मधेशको ८.९४ प्रतिशत, सुदूरपश्चिमको ५.८० प्रतिशत र कर्णालीको २.९० प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS