IME Life New

बलियो र आक्रामक बन्दै रिलायन्स लाईफ, जीवन बीमा कोष र बीमा शुल्क आर्जन १ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निस्काशनको लागि अनुमति पाएको र  निकट भविष्यमै आईपीओ निस्काशन गर्न लागेको रिलायन्स लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

आर्थिक वर्ष ७६/७७ मा कम्पनीले १ अर्ब माथि बीमा शुल्क आर्जन गर्न सफल भएको छ।  कम्पनीले १ अर्ब ४१ करोड कुल बीमा शुल्क आर्जन गर्दा १ अर्ब ३६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।  कुल बीमा शुल्क आर्जन रकम ८८ प्रतिशतले वृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन रकम ८७ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

त्यस्तै आधारभूत रुपमा पनि कम्पनी बलियो हुँदै गएको वित्तीय विवरणले देखाएको छ । १ अर्ब ४७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १४ करोड ३२ लाख माथि रकम संचित छ। जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै ठूलो महत्त्व रहेकोमा कम्पनीको जीवन बीमा कोष १५९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १४ करोड पुगेको छ।

खुद  मुनाफा ४८ प्रतिशतले वृद्धि हुँदै  ४ करोड ३३ लाख पुगेको छ।  कम्पनीले शत प्रतिशत दावी भुक्तानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS