IME Life New

बंगलादेशमा ७ खर्ब जीवन बीमा कोषको दुरुपयोग बढेपछि अर्थ मन्त्रालयकाे हस्तक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ढाका । जीवन बीमा कम्पनीका संचालकहरुबाटै बीमा कोषको दुरुपयोग बढ्न थालेपछि बंगलादेशी वित्त मन्त्रालयले निकायले बीमा कोषको लगानीमा कडाई गर्ने भएको छ।

केही जीवन बीमकको संचालक समितिले जीवन बीमा कोषलाई मनपरी ढंगले प्रयोग गर्दै आर्थिक अनियमितता गरेको तथ्य प्रकाशमा आएपछि वित्त मन्त्रालय अन्तर्गतको वित्तीय संस्था विभागले चासो देखाउँदै नियमनको लागी तयारी थालेको हो । स्थानीय अखबार द फाइनान्सियल एक्सप्रेसका अनुसार बंगलादेश बीमक संघ, बंगलादेश बीमक मञ्च र बीमा विकास तथा नियमन प्राधिकरण (आइडिआरए) सहितको सहभागीतामा वित्तीय विभागले संयुक्तरुपमा छलफल गरेको हो ।

Esewa
Crest

बीमा कोषको प्रभावकारी संचालन, पारदर्शिता र बीमा कम्पनीहरुप्रतिको विश्वासलाई अझ बलियो बनाउन सरकारी सकृयता देखिएको श्रोतलाई उद्घृत गर्दै फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ । नियामक निकायले बीमा कम्पनीहरुको प्रभावकारी नियमन गर्न नसकेपछि वित्त मन्त्रालय नै सकृय हुन बाध्य भएको हो । जीवन बीमा कोषमा आम बीमाधारकको ९० प्रतिशत र कम्पनीका प्रवद्र्धकको जम्मा १० प्रतिशत लगानी रहेपनि १० प्रतिशत लगानी भएका प्रवद्र्धकहरुको हालीमुहाली रहेको छ ।

सीमित प्रवद्र्धकले व्यक्तिगत स्वार्थपूर्तीको लागी जथाभावीरुपमा बीमा कोषको लगानी गरिरहेको चर्चा बंगलादेशी बीमकहरुमाझ चल्ने गरेको छ । बंगलादेशमा आइडिआरए बीमा कम्पनीहरुको नियमनकारी निकाय हो । तर आडिआरएका अध्यक्ष समेत आर्थिक अनियमितताको घटनामा मुछिएर अदालतमा मुद्दा खेपिरहेका छन् । उनीविरुद्ध बीमा कम्पनीसँग घुस मागेको र विभिन्न कम्पनीको शेयरमा कालोधन लगानी गरेको आरोप छ । बंगलादेशका बीमा कम्पनीहरुको करिब पाँच खर्ब बंगलादेशी टाका अर्थात ७ खर्ब ७ करोड नेपाली रुपैयाँभन्दा बढीकोे बीमा कोषमध्ये ६० प्रतिशतभन्दा बढी रकम सरकारी ऋणपत्र, सुरक्षण र बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS