IME Life New

बंगलादेशमा सिइओहरुले जथाभावी तलब सुविधा लिन थालेपछि नियामकको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी बीमा कम्पनीहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृतलाई कानूनले तोकेको सीमाभन्दा बढी तलब, भत्ता, बोनस र सुविधा दिन नियामक बीमा विकास र नियामक प्राधिकरण (IDRA) ले रोक लगाएको छ ।

बीमा विकास र नियामक प्राधिकरण (IDRA) ले परिपत्र जारी गर्दै केही बीमा कम्पनीहरूले नियममा तोकिएको सीमा भन्दा बढी तलब र भत्ताको रूपमा लाभहरू दिइरहेकोमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

Esewa
Crest

आईडीआरएले बीमा कम्पनीहरूलाई त्यसो नगर्न निर्देशन दिएको हो । आदेशको पालना नगरे कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बंगलादेश बीमा संघको कार्यकारी समितिका सदस्य तथा क्रिस्टल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अब्दुल्लाह अल महमुदले निर्देशनको स्वागत गरेका छन्।

बंगलादेशमा ३५ वटा जीवन बीमा र ४६ वटा निर्जीवन बीमा कम्पनी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS