IME Life New

बंगलादेशमा बीमा क्षेत्रकाे लागी नयाँ मृत्यु दर तालिका लागू हुँदै, नेपालमा कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । दक्षिण एशियाली छिमेकी मुलुक ब‌ंगलादेशकाे बीमा नियामक बंगलादेश बीमा विकास तथा नियमन प्राधिकरणले नयाँ मृत्यु दर तालिका जारी गर्न लागेकाे छ। सन् २०२४ देखि प्रयाेगमा ल्याउने तयारीका साथ बीमा नियामकले नयाँ मृत्यु दर तालिका मृत्यु दर तालिका तयार पारेकाे छ।

नियामकले बीमा कम्पनीहरुलाई पुरानाे तालिका २०२३ काे डिसेम्बर महिनासम्म मात्र प्रयाेगमा ल्याउन सकिने जानकारी बीमा कम्पनीहरुलाई गराएकाे छ। ब‌ंगलादेशी बीमा कम्पनीले बीमितकाे बाँच्न सक्ने आयु प्रक्षेपण गर्नका लागी सन् १९४९ देखि १९५२ काे मृत्यु दरकाे आधारमा पूर्वानुमान गरिएकाे मृत्यु दर तालिका प्रयाेग गरिरहेका छन् ।

Esewa
Crest

विश्व बै‌ंककाे अनुदान सहयाेगमा नयाँ तालिका सन् २०१५ देखि २०१८ सम्मकाे मृत्यु दाबीलाई आधार मानेर तयार पारिएकाे छ। तालिका निर्माणका क्रममा समेटिएकाे जनस‌ा‌ंख्यिक नमूना आकार १,००,००० थियाे । बंगलादेशी नागरिककाे औसत आयू ७२ वर्ष रहेकाे छ।

नेपालमा मृत्यु दर तालिका परिवर्तन कहिले?

नेपाल बीमा प्राधिकरणले २०६६ सालमा पहिलाे पटक मृत्यु दर तालिका सार्वजनिक गरेयता यसलाई अध्यावधिक गर्न सकेकाे छैन । स्वास्थ्य सेवा शिक्षा सरसफाई आहारलगायतमा आएकाे सुधारका कारण नेपालीकाे ‍‍औसत आयु ७२ वर्ष नाघेकाे छ। मृत्यु दर तालिका अध्यावधिक हुन नसक्दा उच्च जाेखिम अनुमानकाे आधारमा बीमितले महँगाे बीमाशुल्क भुक्तानी गर्नु परिरहेकाे छ। त्यही कारणले जीवन बीमा कम्पनीले पूनर्बीमा गर्दा पूनर्बीमकलाई समेत महँगाे बीमाशुल्क भुक्तानी गर्नु परिरहेकाे छ।

विक्रम संवत् २०६८ को जनस‌ंख्या तथ्याङ्क अनुसार औसत आयु ६६.६ वर्ष रहेको थियाे भने नेपाल मानव विकास प्रतिवेदन, २०१४ का अनुसार औसत आयु ६८. ८ वर्ष  थियाे । संयुक्त राष्ट्र संघकाे जनस‌ंख्या काेषका अनुसार २०२० मा नेपालीकाे ‍‍औसत आयू ६९ वर्ष पुगेकाे छ।

प्राधिकरणले २०७५ फागुनमै मृत्यु दर तालिका अध्यावधिक गर्नको १९ वटै जीवन बीमा कम्पनीसँग सन् २००९ देखि २०१९ सम्म पुरा १० वर्षको मृत्यु दाबी सम्बन्धी तथ्यांक मागेको थियो । जीवन बीमा कम्पनीसँग समितिले मृतककाे उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायत विस्तृत विवरण मागे पनि मृत्युदर तालिका बनाउने काम भएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS