IME Life New

बंगलादेशमा बीमा कम्पनी दर्ता नवीकरण शुल्क ५ गुणा बढाउने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशमा सरकारले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको दर्ता नवीकरण शुल्क पाँच गुणा बढाउने तयारी गरेको छ।

हाल प्रति हजार कुल प्रिमियमको १ टाका (रुपैयाँ)को सट्टा ५ टाका (रुपैयाँ) शुल्क तोकिनेछ। यो दर तीन चरणमा लागू गर्ने तयारी भइरहेको छ। यसका लागि नियामक निकाय बीमा विकास तथा नियमन प्राधिकरणले चाँडै नै ‘बीमा व्यवसाय दर्ता शुल्क नियमावली, २०१२’ संशोधन गरी सूचना जारी गर्ने भएको स्थानीय संचार संस्थाले उल्लेख गरेका छन्।

Esewa
Crest

संशोधित प्रस्ताव अनुसार, सन् २०२६ र २०२७ मा बीमा कम्पनीहरूको कुल प्रिमियमको लागि दर्ता नवीकरण शुल्क प्रति हजार २.५ टाका हुनेछ। सन् २०२८ र २०२९ मा यो ४ टाका  र सन् २०३० देखि दर्ता नवीकरण शुल्क ५ टाका हुनेछ।

बीमा व्यवसाय दर्ता नवीकरण शुल्क नियमावली, २०१२ मा संशोधन प्रस्ताव राजपत्रमा प्रकाशनको लागि अर्थ मन्त्रालयको वित्तीय संस्था महाशाखामा पठाइएको बीमा विकास तथा नियामक प्राधिकरणका सल्लाहकार (मिडिया तथा सञ्चार) तथा प्रवक्ता सैफुन्नहर सुमीलाई उद्घृत गर्दै बंगलादेश इन्स्योरेन्स न्यूजले लेखेको छ।

यसैबीच, बीमा कम्पनीहरूको दर्ता नवीकरण शुल्क बढाउने निर्णयप्रति बीमा उद्योगका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार बीमा कम्पनीहरू लामो समयदेखि व्यवस्थापन संकटबाट गुज्रिरहेका छन्। कमजोर नियमनका कारण ग्राहक दाबी भुक्तानीमा बाधा भइरहेको छ र धेरै संस्थाहरूमा कर्मचारीहरूलाई नियमित रूपमा तलब दिइँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS