IME Life New

बंगलादेशको कन्टेनर डिपोमा आगलागी हुँदा १३ अर्ब भन्दा बढीको क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको दक्षिणपूर्वी कन्टेनर डिपोमा ४९ जनाको ज्यान जाने गरी सोमबार भएको भीषण आगलागीबाट झण्डै ११ करोड अमेरिकी डलर ९१३ अर्ब ६९ करोड ४५ लाख नेपाली रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

बंगलादेश इनल्याण्ड कन्टेनर डिपो एसोसिएसनका अनुसार दक्षिणपूर्वी बंगलादेशस्थित चट्टोग्रामको कन्टेनर डिपोमा भएको आगलागीमा ठूलो रासायनिक विष्फोट हुँदा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । प्रहरी र दमकल सेवाका कर्मचारीहरूसहित २०० भन्दा बढी घाइते भएका छन्, स्थानीय अखबार द बिजनेस स्ट्यान्डर्डले उल्लेख गरेको गरेको छ।

Esewa
Crest

साथै, कपडालगायत विभिन्न निकासी सामान बोकेका कन्टेनर पनि आगलागीबाट जलेर नष्ट भएका छन् । चट्टोग्राम भन्सार र बंगलादेश इनल्यान्ड कन्टेनर डिपो एसोसिएसन ९बिआईसीडीए०का अनुसार डिपोमा ८१० कन्टेनरमा १ हजार ३६० टन सामान बाहिर पठाउने प्रतिक्षामा रहेको थियो । करिब ५ सय कन्टेनरमा ७ हजार ५ सय टन सामान भित्रिएको थियो ।

८० देखि ९० प्रतिशतसम्मका मालसामानमा क्षति पुगेको निर्याकर्ता व्यापारीको भनाई छ । बंगलादेश फ्रेट फरवार्डर्स एसोसिएसनकाका उपाध्यक्ष खैरुल आलमलाई उद्घृत गर्दे स्थानीय संचार गृहले उल्लेख गरेका छन् ।

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसनले आगलागीका कारण चटगाउँका आठ वटा औद्योगिक समूहले उत्पदन गरेको तयारी पोशाकमा १ करोड ८० लाख अमेरिकी डलरको क्षति पुगेको छ ।

निर्यात सामाग्रीको नोक्सानी बीमाबाट क्षपितूर्ती हुने भएकाले गार्मेन्ट मालिकहरूलाई धेरै नोक्सानी व्यहोर्नुपर्ने छैन । आगलागीबाट भएको क्षतिको पुर्ण विवरण भने आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS