IME Life New

फोनपेले आइपीओ निष्काशन गर्ने, पूर्व तयारीका लागि एनएमबि क्यापिटलसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौता पछि अब एनएमबि क्यापिटलले फोनपेलाई आइपीओ जारी गर्ने सम्बन्धमा परामर्श दिनेछ । पूर्व तयारीको काम सकिएपछि फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।

Esewa
Crest

फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । सन् २०१९ बाट सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्। १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध रहेको फोनपेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS