IME Life New

फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् र महालक्ष्मी विकास बैंकबीच भुक्तानी सेवा सम्झौता भएको छ । फोकसवान पेमेन्ट सोलुसन्सद्वारा संचालित मोको डिजिटल वालेट र महालक्ष्मी विकास बैंकबीच भिजा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको हो ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी, उक्त कार्डबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत स्क्यान टू पे गरी १५ हजार भन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार हाल मोको डिजिटल वालेटमा २० वटा बैंक तथा बितिय संस्थाको भिजा डेबिट र क्रेडिट कार्डहरु लिंक गरी विभिन्न भुक्तानी गर्न सकिनेछ ।

भिजा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने नेपाल कै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी फोकसवान पेमेन्ट सोलुसन्स् हो । विषेश गरी क्रेडिट कार्ड बाट बिजुली, खानेपानी, हवाइ टिकट तथा इन्टरनेटको भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS