IME Life New

फागुन १२ गतेबाट हिमालयन र सिभिल बैंकले एकिकृत कारोबार गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरी हिमालय बैंकको नामबाट एकिकृत कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी एकिकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले फागुन १२ गते शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार हुने जनाएको छ ।

Esewa
Crest

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०।२८ कित्ता सेयर अनुपात हुने भएको छ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS