IME Life New

फर्स्ट माइक्रोफाइनान्सको १३औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लघुवित्तका अध्यक्ष सुरेन्द्र राज रेग्मीको अध्यक्षतामा आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।

Esewa
Crest

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति आवश्यक भएको अवस्थामा गाभ्ने गाभिने तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पािरत गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना संचालकहरु निर्वाचन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS