IME Life New

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा र बुक क्लोज मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा आम्रपालि ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे गर्ने जनाएको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले यस लघुवित्त वित्तीय संस्थाले अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति आवश्यक भएकोमा आवस्थामा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

1671511740499

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS