IME Life New

फर्स्ट माइक्रोफाइनान्सद्धारा तिलगंगा आँखा अस्पताललाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ज्ञानेश्वर, काठमाण्डौले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिलगंगा आँखा अस्पताललाई ३५ थान न्यानो ब्लाङकेट प्रदान गरेको छ । लघुवित्त वित्तीय संस्थाको एघारौ बार्षिकोत्सबको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो ।

तिलगंगा आँखा अस्पतालमा नेपालका सामान्य, असाहय, विपन्न नागरिकहरुले समेत आँखा सम्बन्धी उपचार गर्न आउने र हाल बढिरहेको चिसो मौसममा आँखा को अप्रेसन भएका विरामीहरुलाई राहात पुगोस भन्ने उद्देश्य राखि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबाट उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

Esewa
Crest

उक्त सहयोग फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

तिलगंगा आँखा अस्पातलकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले स–साना सहयोगले नै तिलगंगा आँखा अस्पताल हालको अवस्थामा आएको बताउदै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई अस्पतालको तर्फवाट उक्त सहयोगको लागि धन्यावाद ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS