IME Life New

फरवार्ड कम्युनिटीको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको सातौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा विहान १० बजे हुने संस्थाले जनाएको छ ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द हुनेछ ।

Esewa
Crest

सभामा कम्पनीले शेयरधनीको लागि चुक्तापूँजीको ३२ दशमलव ५० प्रतिशत बोनस शेयर र १२ दशमलव ५० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभाको प्रस्तावमा कम्पनीको नाम परिवर्तन गर्ने, पूँजी वृद्धि गर्ने, कम्पनीको नियमावलीमा संशोधन गर्ने, अन्य कुनै ‘घ’ वर्गका वित्तिय संस्थालाई गाभ्ने गाभिने प्राप्ति गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS