IME Life New

प्रोग्रेशिभ फाइनान्सका सबै शाखाद्धारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई गरेको छ। उक्त अवसरमा फाइनान्सको तिनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाईका साथै फोहोर संकलन गर्ने सामाग्री र अन्य सरसफाइ सामग्रीहरु कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हेटौंडा शाखाले पशुपति मन्दिर परिसर, पुल्चोक शाखाले शाखा रहेको क्षेत्र वरिपरी, सबैला शाखाले बजार क्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसर लगायत अन्य शाखा कार्यालयहरुले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

Esewa
Crest

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाइ सम्बन्धी जनचेतना फैलाउनु तथा हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहरहरुको जगेर्ना गर्नु नै रहेको बताए ।

१७ वटा शाखा कार्यालय तथा चारवटा विस्तारित काउन्टरहरु मार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको यस वित्तीय संस्थाले निकट भविष्यमा पाँचवटा शाखा कार्यालयहरु थप गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS