IME Life New

प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको हकप्रदमा विक्री नभएको शेयर लिलामी गर्न लागेको बताएको छ ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

Esewa
Crest

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा क्यापिटल एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त शेयरमा न्यूनतम एक सय कित्तादेखी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ हाराहारी छ ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS