IME Life New

प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।

हायात रिजेन्सी काठमाडौंमा भव्य समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, जिकर साउथ एसियाका रिजनल निर्देशक फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका निर्देशक एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छालगायतको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा जिकर टिमले ‘ब्रान्ड प्रिजेन्टेसन’ र जिकर नेपाल टिमले ‘प्रोडक्ट ब्रिफ’ गरेको थियो । यस्तै, ‘प्रोडक्ट भिडियो’ मार्फत नयाँ जिकर एक्स एसयुभीको विस्तृत जानकारी दिइएको थियो । प्रमुख अतिथि यातायातमन्त्री दाहाल, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा र प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले संयुक्त रूपमा जिकर ब्रान्डको डेब्यु मोडल इलेक्ट्रिक एसयुभी ‘जिकर एक्स’को अनावरण गरेका थिए । नयाँ जिकर एक्ससँगै सहभागी तथा अतिथिहरूको फोटोसुट सेसन पनि भएको थियो ।

पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो-२०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो । जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने ग्राहकको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS