IME Life New

प्रिमियममा आइपीओ निष्काशन गरेका ४ जीवन बीमा कम्पनीलाई १३ सूचकमा दाजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ प्रिमियममा आइपीओ निष्काशन गर्ने जीवन बीमा कम्पनी हुन् । आईएमई लाइफले २३६ रुपैयाँ ९१ पैसामा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २५७ रुपैयाँमा, सन नेपालले २३९ रुपैयाँमा र सिटिजन लाइफले २४४ रुपैयाँमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेका छन् । ४ कम्पनीको नै अंकित मूल्य एक सय रुपैयाँ रहेको छ ।

चार जीवन बीमा कम्पनीलाई इन्स्योरेन्स खबरले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरेको तुलानात्मक अध्ययन :

Esewa
Crest

चुक्ता पूँजी :
सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ७५ करोड छ भने आईएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रहेको छ त्यस्तै रिलायबल नेपाल लाइफको चुक्ता पुँजी पनि ४ अर्ब रहेको छ र सन नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब २० करोड रहेको छ । सबै कम्पनीलाई नियामकीय प्रावधान अनुसार ५ अर्ब रुपैयाँ चुक्ता पुँजी आवश्यक छ ।

शेयर प्रिमियम :
सिटिजन लाइफको शेयर प्रिमियममा १ अर्ब ५५ करोड संचित छ भने आईएमई लाइफको शेयर प्रिमियममा १ अर्ब ५३ करोड रुपैयाँ संचित छ र रिलायबल नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैँया संचित छ । त्यस्तै सन नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ संचित छ ।

संचित नाफा :
सिटिजन लाइफको संचित नाफामा ६८ करोड ९५ लाख संचित छ भने आईएमई लाइफको संचित नाफामा ८५ करोड २ लाख रुपैयाँ संचित छ र रिलायबल नेपाल लाइफको संचित नाफामा १ अर्ब २३ करोड रुपैँया संचित छ । त्यस्तै सन नेपाल लाइफको संचित नाफामा १ अर्ब ७ करोड रुपैयाँ संचित छ ।

जीवन बीमा कोष :
सिटिजन लाइफको जीवन बीमा कोषमा १२ अर्ब ७ करोड छ भने आईएमई लाइफको जीवन बीमा कोषमा ७ अर्ब ९९ करोड र रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ८ अर्ब ५३ करोड रुपैयाँ संचित छ । त्यस्तै सन नेपाल लाइफको जीवन बीमा कोषमा ६ अर्ब ५१ करोड संचित छ ।

बीमा शुल्क आर्जन रकम :
६ महिनाको अवधिमा सिटिजन लाइफले २ अर्ब ७३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने आईएमई लाइफले २ अर्ब १० करोड कुल बीमा शुल्क आर्जन गर्दा रिलायबल नेपाल लाइफले १ अर्ब ९३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सन नेपाल लाइफले १ अर्ब ७७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफा :
पुष मसान्तसम्म सिटिजन लाइफ १२ करोड २६ लाख खुद नाफामा रहेको छ भने आईएमई लाइफ इन्स्योरेन्सले २३ करोड ४७ लाख खुद नाफा गरेको छ र रिलायबल नेपाल लाइफले २३ करोड ०९ लाख खुद नाफा गरेको छ । त्यस्तै सन नेपाल लाइफले ३२ करोड ८४ लाख खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानी :
कम्पनीको वार्षिक प्रति शेयर आम्दानीको आधारमा सिटिजन लाइफको प्रति शेयर आम्दानी ६ रुपैयाँ ६० पैसा, आईएमई लाइफको प्रति शेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा, रिलायबल नेपाल लाइफको प्रति शेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा र सन नेपाल लाइफको प्रति शेयर आम्दानी २० रुपैयाँ ५३ पैसा छ ।

प्रति शेयर नेटवर्थ :
कम्पनीको प्रति शेयर नेटवर्थको आधारमा सिटिजन लाइफको प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ १३ पैसा, आईएमई लाइफको प्रति शेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा, रिलायबल नेपाल लाइफको प्रति शेयर नेटवर्थ १७९ रुपैयाँ ७१ पैसा र सन नेपाल लाइफको प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ०४ पैसा छ ।

(‘उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।’)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS