IME Life New

प्राधिकरणले ‘वेब एग्रिगेटर’ को पनि इजाजत दिने, सही निर्णय लिन बीमितलाई सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । जीवन बीमा गर्नुपर्दा हाेस् वा सम्पत्तीको बीमा, स्वास्थ्य बीमा गर्नुपर्दा होस् वा दुर्घटना बीमा, कुन बीमा याेजना राेज्ने भन्ने निर्णय गर्न सर्वसाधारणलाई कठिनाई हुनु स्वाभाविक नै हाे । बीमा सम्बन्धमा सार्वजनिकरुपमा पर्याप्त जानकारी र तथ्या‌ंक उपलब्ध नहुँदा बीमितले अपर्याप्त जानकारीकै आधारमा दीर्घकालीन निर्णय लिनुपर्ने बाध्यता छ।

बीमा बारे अधुराे र अपुराे जानकारी भएका सर्वसाधारणलाई भ्रमित पारेर बीमालेख बेच्ने प्रवृत्ती हावी हुँदा बीमालेख व्यतित हुने दर निरन्तर बढ्दै गएको छ। बीमाशुल्क भुक्तानी गर्ने क्रममा बीमा कम्पनीकाे कार्यालयमा पुग्दा बीमा कम्पनीका कर्मचारीले बीमालेखकाे सुविधाबारे अवगत गराउँदा आफूलाई अभिकर्ताले दिएको जानकारी गलत भएको थाहा पाउँदा बल्ल बीमितले ठगिएको महशुस गर्छन् । बीमितलाई बीमालेखकाे शर्त, सुविधा र बीमाशुल्क सम्बन्धमा तुलनात्मक र प्रष्ट जानकारी दिने सहज र सार्वजनिक माध्यम नहुँदा यस्ताे समस्या लामाे समयदेखि विद्मायन रहेकाे छ।

Esewa
Crest

बीमितलाई बीमा योजनाबारे तुलनात्मक जानकारी दिने र सबै बीमा कम्पनीको बीमालेख एउटै विद्युतीय मञ्चबाट प्राप्त गर्ने सुविधा प्रदायक संस्था ‘वेब एग्रिगेटर’ सम्बन्धमा प्रस्तावित बीमा नियमावली २०८० मा व्यवस्था गरिएको छ। वेब एग्रिगेटर स‌ंस्थाले विभिन्न बीमा कम्पनीहरूले प्रचलनमा ल्याएका बीमा याेजनाको सुविधा,शर्त र बीमाशुल्कबारे तुलनात्मक जानकारी उपलब्ध गराउँछ ।

वेबसाइट वा मोबाइल एप्लिकेशनमार्फत् बीमितले कुनै बीमा बीमा कम्पनीबाट बीमा गर्नु अघि बजारमा उपलब्ध रहेका अन्य बीमा कम्पनीहरुकाे बीमा याेजनाहरु, विशेषताहरू, बीमाशुल्ककाे सम्बन्धमा समेत तुलनात्मक जानकारी प्राप्त गर्नेछन् ।

छिमेकी मुलुक भारतमा २८ वटा इजाजत प्राप्त वेब एग्रिगेटर संस्थान सञ्चालनमा छन् । नेपालमा स‌ंस्थागत बीमा अभिकर्ताको इजाजत प्राप्त गरेकाे ईबीमा नामक स‌ंस्थाले यस्ताे सेवा उपलब्ध गराए पनि वेब एग्रिगेटरको रुपमा वैधानिक पहिचान पाएको छैन ।

प्रस्तावित नियमावलीको नियम ६८ मा वेब एग्रिगेटर सम्बन्धी व्यवस्था गरिएको छ। बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता तथा बीमाशुल्कको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनाैट गर्न सहयोग गर्ने उद्देश्यले स्थापित स‌ंगठित संस्था भनि परिभाषित गरिएको छ।

बीमा सम्बन्धमा आधारभूत बुझाई समेत अत्यन्तै न्यून भएको नेपाली बजारमा बीमा कम्पनीले बिक्री गर्ने बीमालेखको सुविधा र बीमाशुल्क सम्बन्धी तुलनात्मक विवरण उपलब्ध गराउने सेवा प्रदायकको अस्तित्वले बीमितलाई लाभ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS