IME Life New

प्राधिकरणले निर्देशिका संशाेधन गरेपनि जीवन बीमकमा पुरानै निर्देशिकाको ‘ह्याङओभर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमालेख सम्बन्धि निर्देशका २०७९ जारी गरेपनि जीवन बीमा कम्पनीहरुले साबिक २०७८ कै निर्देशिका बमोजिम व्यतित बीमालेख पुनर्जागरणमा बिलम्ब शुल्क छुट सम्बन्धी याेजना ल्याई रहेका छन् ।

जीवन बीमालेख निर्देशिका २०७८ को दफा ११ मा व्यतित बीमालेखकाे पुनर्जागरण गर्दा दुई वर्षयता व्यतित भएको(अर्थात् बीमालेख व्यतित भएको दुई वर्ष ननाघेको) बीमालेखकाे पुनर्जागरणमा मात्र ब्याज छुट दिनुपर्ने प्रावधान रहेकाे थियाे । प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ को निर्देशन दफा ११ मा दुई वर्षे प्रावधान हटाइ दिएको छ। दुई वर्षभन्दा बढी अवधिको व्यतित बीमालेखकाे स‌ंख्या अधिक भएको र समग्रमा व्यतित बीमालेखको स‌ंख्या उच्च भएकाले प्राधिकरणले बीमालेख पुनर्जागरणमा प्राेत्साहन गर्न दुई वर्षे अवधि सम्बन्धी खारेज गरेको हो । दुई वर्षे प्रावधान खारेज भइसक्दा पनि जीवन बीमा कम्पनीले दुई वर्षे शर्त कायमै राखेर बिलम्ब शुल्कमा छुटको सूचना सार्वजनिक गरिरहेका छन् ।

Esewa
Crest
साबिक जीवन बीमालेख निर्देशिका २०७८ को दफा ११ को प्रावधान

जीवन बीमा कम्पनीले व्यतित बीमालेखको स‌ंख्या घटाउन बढी भन्दा बढी बीमितले लाभ पाउने गरी ब्याज छुटको याेजना ल्याउनुपर्नेमा नाफा घाटाको गणना गरेर दुई वर्षे प्रावधानलाई आफूखुशी निरन्तरता दिई रहेका छन् । यस बाहेक ब्याज छुटको प्रतिशत मात्र नभएर छुटको अधिकत्तम रकमको सीमा पनि ताेक्न थालेका छन् ।

 

 जीवन बीमालेख निर्देशिका २०७९ को दफा ११ को प्रावधान

निर्देशिकामै नभएको प्रावधान लागू गर्दै नेपाल लाईफ:

सर्वाधिक स‌ंख्यामा व्यतित बीमालेख रहेकाे नेपाल लाईफ इन्स्याेरेन्सले प्रतिशतका आधारमा ब्याज घोषणा गर्ने प्रचलन रहँदै आएकोमा नेपाल लाईफको स‌ंचालक समितिले बीमितलाई दिइने छुट रकममा पनि सीमा तोकिदिएको छ। नेपाल लाईफले जेठ १० गतेदेखि लागू हुने गरी लागू गरेको बिलम्ब शुल्क छुट याेजनामा बीमितले अधिकत्तम रु‍. ३० हजार भन्दा बढी छुट नपाउने शर्त राखेको छ।  बीमालेख पुनर्जागरण गर्न नक्साल शाखामा गएका बीमितले गुनासो गर्दै भने, हामीले पाउने छुट रकममा सीमा ताेक्नेले तिर्नुपर्ने ब्याजको पनि अधिकत्तम सीमा ताेकिदिए हामीलाई न्याय हुने थियाे ।

जीवन बीमालेख निर्देशिका २०७९ को दफा ११(४) मा बिलम्ब शुल्कमा आ‌ंशिक वा पूर्ण छुट सम्बन्धी अन्य शर्त तथा व्यवस्था बीमकले निर्धारण गर्न सक्नेछ भन्ने प्रावधानका आधारमा नेपाल लाईफले छुट रकमको सीमा कायम गरेपनि ब्याज छुटमा नेपाल लाईफले दोहोरो शर्त लगाउनु अनुचित हो ।

जीवन बीमा कम्पनीले व्यतित बीमालेखको पुनर्जागरणमा ब्याज छुटको घोषणा गर्नुपूर्व स‌ञ्चालक समितिबाट छुट सम्बन्धी निर्णय गरेर साेको जानकारी नेपाल बीमा प्राधिकरणमा गराउनुपर्ने प्रावधान छ। नियामक निकायको हैसियतमा प्राधिकरणले सञ्चालक समितिकाे निर्णयको औचित्यता र उचित अनुचित पक्ष विचार गरेर अनुचित देखिएमा बीमकलाई छुट याेजना रद्ध गर्न निर्देशन दिन सक्छ । वा छुट योजनामा आवश्यक स‌ंशाेधन गरेर स‌ञ्चालक समिति बैठकबाट नयाँ निर्णय गरी पुनः सूचना प्रकाशन गर्न र सोको जानकारी प्राधिकरणमा दिनका लागी निर्देशन जारी गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS