IME Life New

प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न,१४ बुँदे घोषणा पत्र पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै थप गरीब र विपन्न मैत्री बनाउने र गरीब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशीक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।

घोषणा पत्रले “घर/घरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य वनाऊ” भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने लगायतको घोषणा गरेको छ ।

Esewa
Crest

यसको साथै हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसंग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरुलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने लगायतका विषयहरु समेटेको छ ।

सम्मेलन आयोजक समितिका संयोजक जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एक दिने सम्मेलनको उद्घाटन माननीय महिला, वालवालिका तथा जेष्ठ नागरीक मन्त्री भगवती चौधरीले गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त गरिवी निवारणको लागि सेवा भावले शुरु भएको गरीबी निवारण विरुद्धको अभियान भएकोले यसवाट गरीब तथा विपन्न बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने धारणा राखे । तर यसको लागि जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नु पर्ने उहाँको सुझाव दिए ।

साथै उनले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्ने धारणा राखे ।

सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राखे ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मुल्य मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरुको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको र विचलहरुले ल्याएका समस्याहरुको समाधान गर्न लघुवित्तकर्मीहरु अभी पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताए ।

सम्मेलनको समापन समारोहमा बोल्दै संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न बर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा व्यक्त गरे ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरूले लघुवित्तको मुल्य मान्यता अनुरूप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरूको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको र विचलहरुले ल्याएका समस्याहरुको समाधान गर्न लघुवित्तकर्मीहरु अझै पनि सफल हुन् भन्ने अपेक्षा रहेको बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले पहिला लघुवित्तको संख्या आवश्यकता भन्दा वढी भएको कारण समस्या आएको बताउदै आगामी दिनमा लघुवित्तलाई सही बाटोमा ल्याउन नीती निर्माण तहबाट कुनै कसरी वाँकी नराख्ने प्रतिबद्धता जनाए ।

सोही अवसरमा ६ जना महिलाहरुले लघुवित्तको सदस्यहरु भए पछि उद्यमी बनेर जीवनमा परिवर्तन गर्न सफल भएको सफलताका कथा सुनाएका थिए ।

सम्मेलनमा तीन वटा विषयगत सत्र मार्फत लघुवित्तबाट महिला तथा विपन्न वर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षारता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे घनिभुत छलफल भएको थियो। यसमा लघुवित्त तथा वित्तीय क्षेत्रका विषयगत विज्ञ, अध्येता, महिला सदस्य र लघुवित्तकर्मीहरु सहभागी भएका थिए ।

सर्वपक्षिय यिनै छलफल तथा अथितीहरुका सुझावको आधारमा सम्मेलनले १४ बुदे घोषणापत्र पारित गरेको हो। प्रदेश १ मा रहेका लघुवित्त वित्तीय संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुको आयोजनामा सम्पन्न यस प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनमा करीब दुई दर्जन लघुवित्त तथा वित्तीय संस्थाका सदस्य, संञ्चालक तथा प्रमुख कार्यकारी, कर्मचारी, विज्ञ लगायत अन्य सरोकारवाला गरी ५ सय १५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS