IME Life New

प्राइम लाइफ इन्स्योरेन्सले निकाल्यो आशा लाग्दो वित्तीय विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जिबन बीमा ब्यबसाय गर्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष (२०७४/७५)मा प्रगति उन्मुख वित्तीय विवरण प्रकाशित गरेको छ, यो संगै  प्राइम लाइफ इन्स्योरेन्स गत आर्थिक बर्षको वित्तीय विवरण सार्बजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ । बीमा समितिले तोकेको २ अर्ब चुक्ता पुंजी कायम गर्नको लागि कम्पनीले गतआर्थिक वर्ष उल्लेख्य रुपमा बोनस वितरण र हकप्रद बेचेर पूँजी बढाएको छ। गत आर्थिक वर्ष बीमा बजारमा थप ९ ओटा जिबन बीमा कम्पनीले ब्यबसाय सुरु गरेपछि प्राइम लाइफ इन्स्योरेन्सले पनि ब्यबसाय विस्तारमा नयाँ तरिकाले लागेको कारण ब्यबसाय समेत विस्तार गरेको देखिन्छ।

गत आर्थिक बर्षको अन्त्यसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २१ करोड ६३ लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.२६ प्रतिशत बढी हो । अघिल्लो बर्ष कम्पनीले १५करोड ८७ लाख खुद नाफा कमाएको थियो ।

Esewa
Crest

कम्पनीले बीमा शुल्क आर्जन, बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोष लगायतका कोषको आकारमा समेत बढोत्तरी छ । कम्पनीको जगेडा कोषमा ९६ करोड ३४ लाख रहेको छ । जीवन बीमा कोषमा ६ अर्ब ५३ करोड, महाविपत्ती कोषमा ९ करोड २२ लाख राखेको छ ।

कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद बिक्री गरेको थियो । कम्पनीको हाल एक अर्ब ७८ करोड चुक्ता पूँजी छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले दुई अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

यसबर्ष कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब ५८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १२.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५४ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात ४३.७२ गुणा रहेको छ ।

हालसम्म कम्पनीले १२ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल ४० करोड ५६ लाख दाबी भुक्तानी गरेको छ । ८१ लाख १९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ । कम्पनीले हालसम्म १६ लाख बढी बीमा लेख जारी गरेकोमा ५ लाख ८६ हजार मात्र कायम रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS