IME Life New

प्राइम लाइफको म्यादी बीमा शुरु, यस्ता छन् विशेषता !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १२ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा योजना सुरु गरेको छ । कम्पनीले न्युन आय भएकाहरुका लागि लक्षित गर्दै उक्त म्यादी जीवन बीमा योजना ल्याएको जनाएको छ ।

जीवन बीमाको क्षेत्रमा नेपालको इतिहासमै छुट्टै र नयाँ किसीमका बीमा योजनाहरु सुरु गरेको प्राइम लाईफले नेपालका ७४ जिल्लामा १३६ वटा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।

Esewa
Crest

यस्ता छन प्राइम म्यादी बीमा योजनाका मुख्य ५ विशेषताहरुः

यस योजनाको मुख्य विषेशता भनेकै न्युन आय लक्षित वर्गलाई समेट्ने उद्देश्यले एकदमै सानो रकम मात्र १ रुपैया दैनिकबाट आफ्नो जीवन सुरक्षित हुने ।
बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा बीमीतको मृत्यु भएमा पुरै बिमाङ्क रकम बीमीतको हकवाला वा कानुन अनुसार सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिने ।  दोहोरो दुर्घटना सुविधा अर्थात बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा बीमीतको दुर्घटनाको कारणबाट मृत्यु भएमा पुरा बिमाङ्क रकमको दोब्बर बीमीतको हकवाला वा कानुन अनुसारको सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिने ।
न्युनतम बिमाङ्क रकम १ लाख देखि अधिकतम बीमीतको इच्छा अनुसार असिमीत बिमाङ्कको गर्न सक्ने ।
१६ वर्ष देखि माथी ६५ बर्ष सम्मका स्वस्थ व्यक्तीहरुले यो बीमा गर्न सक्ने साथै बीमा अवधि न्युनतम ५ वर्ष देखि माथी ३५ बर्ष सम्मको हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS