IME Life New

प्राइम कमर्सियल बैंकले पायो महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।

यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास रमाछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो । पहिलो सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो । सो खेलमा प्राइम बैंकका प्रवेश श्रेष्ठ म्यान अफ म्याच चुनिएका थिए ।

Esewa
Crest

महालक्ष्मी विकास बैंक र माछापुच्छ्रे बैंकबीच सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माछापुच्छ्रेले ५ विकेटको जित निकालेको थिए । सो खेलमा माछापुच्छ्रेका निशेष केसी म्यान अफ द म्याच घोषित भएका थिए ।

फाइनल खेलमामाछापुच्छ्रे बैंकले टस जितेर ब्यटिङको निम्तो दिएको प्राइम बैंकले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा ८७ रन बनाएको थियो । प्राइमका कितार्थ शाक्यले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ माछापुच्छ्रेका विश्वास ढकालले १४ रन खर्चिंदै २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा आएको माछापुच्छ्रे बैंकले जम्मा ४७ रन बनायो । माछापुच्छ्रेका लागि रोशन पाठकले ११ रन बनाएका थिए । बलिङतर्फ प्राइमका सुनिल खड्का र कमलेन्द्र श्रेष्ठले समान २र२ विकेट लिए ।

यो प्रतियोगितामा कामना सेवा विकास बैंकका समिर थापा उत्कृष्ट ब्याट्सम्यान र कामना सेवा विकास बैंककै छेतेनदोर्जे शेर्पा उत्कृष्ट बलर घोषित थिए । त्यसैगरी, उत्कृष्ट फिल्डरको उपाधि एनआइसी एसिया बैंकका सञ्जय गिरीले हात पारे । उत्कृष्ट विकेट किपरको उपाधि एनआइसी एसिया बैंककै रितेश अधिकारीले पाए । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगकै सर्वोकृष्ट खेलाडीमा प्राइम बैंकका क्रितार्थ शाक्य चुनिए ।

१६ टिम सहभागी प्रतियोगितामा सनराइज, एनआइसी एसिया, राष्ट्रि«य वाणिज्य, माछापुच्छ्रे, प्राइम कमर्सियल, लुम्बिनी विकास, कामना सेवा र महालक्ष्मी विकास बैंक क्वार्टरफाइनल राउन्डमा पुगेका थए । क्वार्टरफाइनल सनराइज र एनआइएसी एसिया, राष्ट्रिय वाणिज्य र माछापुच्छ्रे, प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंकबीच भएको थियो ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, सनराइज बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, कुमारी बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैंकको सहभागिता थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रसारण बैंकको आधिकारिक युट्युब च्यानलमार्फत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS