IME Life New

प्राइम कमर्सियल बैंकको बैंकिङ सेवा भोलि अबरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकको बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्टम अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ।

साथै, बैंकले खाता नम्बर परिवर्तन हुने जनाएको छ । बैंकले एक सुचना जारी गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको बताएको छ । अब ग्राहकको खाता भदौ २३ गते शनिबारदेखि १० अंक अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको छ।

Esewa
Crest

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने जनाएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS