IME Life New

प्रस्तावित लाभांश पारित सहित हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रिय कार्यालय थापागाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ ।

Esewa
Crest

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित तथा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात नाफा नोक्सान हिसावल नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र सम्बन्धि अनुसूचीहरु पारित भएको छ ।

नियमावलीको साविक व्यवस्थामा गणपुरक संख्या नियम १५ ङ संशोधन गर्ने विशेष प्रस्ताव पारित भएको छ । कम्पनीले अन्य कुनै कम्पनीलाई प्राप्ती गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिलान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन गर्न मूल्यांकनकर्ता नियुक्ती तथा प्राप्ती गर्न वा एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पुर्ण आवस्यक प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने लगायतका कार्य गर्न गराउन संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS