IME Life New

प्रभू बैंकमा नियमावली विपरित दुई जना स्वतन्त्र संचालक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभू बैंकलाई सेन्चुरी कमर्शियल बैंक प्राप्ति गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिंदा त्रुटी भएको पाइएको छ।

प्रभू बैंक र सेन्चुरी कमर्शियल बैंक आपसमा समान हैसियतमा गाभ्ने गाभिने नभई प्रभू बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेको हो।

Esewa
Crest

प्राप्ति गरेको अवस्थामा प्रभू बैंकको नियमावलीमा उल्लेखित व्यवस्था अनुसार सञ्चालक समितिमा संस्थापक र सर्वसाधारण समूहबाट ३-३ जना र स्वतन्त्र संचालक एकजना समेत जम्मा सात सदस्यीय संचालक समिति हुनुपर्नेमा राष्ट्र बैंकले पौष १९ गते प्राप्तीका लागि दिएको अन्तिम स्वीकृतिमा संस्थापक समूहको ३ बाट ४ जना, सर्वसाधारण समूहको ३ जनाबाट प्रतिनिधित्व खुम्च्याएर एकजनामा सीमित गरिदिएको छ भने स्वतन्त्र संचालकको संख्या एकबाट थपेर २ जना पुर्याइदिएको छ। अन्तिम स्वीकृति पत्रको बुँदा नम्बर १२ मा राष्ट्र बैंकले
प्रभू बैंकको साधारणसभाबाट पारित भएको नियमावलीमा उल्लेख भएको संचालक समिति सम्बन्धी प्रावधानलाई
अनावश्यकरूपमा छेडछाड गरेको छ।

सर्वसाधारण शेयरधनीको ठूलो लगानी हुने भएकाले संचालक समितिमा उनीहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने सैद्धान्तिक र व्यावहारिक पक्ष हो‌। संचालक र सर्वसाधारण शेयरधनीमा स्वतन्त्र हैसियतमा निगरानी गर्ने र स्वतन्त्र राय र सुझाव दिने प्रयोजनका लागि स्वतन्त्र संचालकको नियुक्ति गरिएको हुन्छ। तर प्रभू बैंकको संचालक समितिमा‌ दुईजना स्वतन्त्र संचालकको उपस्थिति किन जरुरी ?
सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा भिशेष बज्राचार्यले मात्र प्रतिनिधित्व गरेका छन्। त्यसैगरी स्वतन्त्र संचालकहरुमा  लिला प्रकाश सिटौला र प्राध्यापक डा. गीता प्रधान नियुक्त भएका छन्।

प्रभू बैंकले संचालक समितिमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु कुन-कुन समूहका हुन् भन्ने समेत खुलाएको छैन। सातजना संचालक मध्ये संस्थापक समूहमध्येका पनि रमेश सिंह खड्का र शंकर प्रसाद कालिकोटाबाहेक अन्य कुनै पनि संचालकको व्यक्तिगत परिचय प्रभू बैंकले आफ्नो आधिकारिक वेबसाइटमा खुलाएको छैन।

प्रभू बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गर्दा समान हैसियतमा अर्थात् १ बराबर १ शेयर कायम हुने गरी प्राप्ति गरेको हो। तर गाभ्ने र गाभिने र प्राप्ति गर्ने प्रकृया र सिद्धान्त फरक फरक भएकाले प्राप्ति गर्ने कम्पनीको संचालक समिति वा उच्च व्यवस्थापनमा यसबाट तात्विक भिन्नता हुनुहुँदैन।

प्राप्ति हुनु अगाडिको संचालक समिति

गाभ्ने गाभिने प्रकृयामा सहभागी सबै बैंकको संचालक समितिको एकीकृत संचालक समितिमा शेयर स्वाप अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यात्मक अवस्था हुन्छ । तर एउटा बैंकले अर्को बैंक प्राप्ति गरेको अवस्थामा प्राप्ति गरिएको बैंकको संचालकको प्रतिनिधित्व हुने गरी संचालक समितिमा हेरफेर गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदैन।

प्रभु बैंकका शेरचन तेस्रो कार्यकालका लागि नियुक्त, ऐन मिचेर बनाइएको निर्देशिकाबाट फाइदा उठाउदै

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS