IME Life New

प्रभू ग्रुपको दुई कम्पनी प्रभू महालक्ष्मी लाइफ र प्रभू पे आमनेसामने, विवादको चुरो के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभू ग्रुप अन्तर्गतको प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभू टेक्नोलोजी प्रालि (प्रभू पे) बीच कानूनी लडाई शुरु भएको छ । बीमितबाट स‌ंकलित लाखाैं रकमको हिसाब मिलानलाई लिएर दुबै कम्पनी एक अर्काविरुद्ध कानूनी उपचारको धम्की दिने अवस्थामा पुगेका हुन् ।

बीमितबाट स‌ंकलित लाखाैं रकम प्रभू टेक्नोलोजी प्रालि (प्रभू पे) ले दुरूपयोग गरेको आरोप लगाउँदै प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले सोमबार एक सार्वजनिक सूचना जारी गरेको छ । इन्स्योरेन्सका अनुसार डिजिटल वालेटमार्फत् स‌ंकलित नविकरण बीमाशुल्क मध्ये ४४ लाख ५४ हजार १२९ रूपैयाँ प्रभू पे ले दुई वर्ष अघि देखि आफै‌ंसँग राखेर अपचलन गरिरहेको छ।

Esewa
Crest

प्रभू पे र साबिक प्रभू लाइफ इन्स्योरेन्सबीच २०७६ असोज २ गतेदेखि नविकरण बीमाशुल्क स‌ंकलन गर्ने सम्झाैता भएको थियो । यो सम्झाैता अनुसार बीमितबाट स‌ंकलित बीमाशुल्क रकम प्रभू पे ले २४ देखि ४८ घण्टाभित्र प्रभू लाइफ इन्स्योरेन्सको बै‌ंक खातामा जम्मा गर्नुपर्छ । प्रभू पे ले १६४ जना बीमितबाट संकलित रकम पटक पटक ताकेता गर्दा समेत अझैसम्म भुक्तानी गर्न आनाकानी गरिरहेको इन्स्योरेन्सको आरोप छ।

पटक पटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि गत भदाै १८ गते ३० दिनभित्र बक्याैता फर्छ्याैट गर्न दुबै पक्षबीच लिखित सहमति भएपनि आ‌ंशिक रकम मात्र भुक्तानी प्राप्त भएको इन्स्योरेन्सले जानकारी दिएको छ। पूर्व निर्धारित समयभित्र रकम प्राप्त नभएपछि इन्स्योरेन्सले पुनः २१ दिने सूचना जारी गर्दै रकम भुक्तानी नगरे कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS