IME Life New

प्रभु लाईफ इन्स्योरेन्सको प्रगति सुस्त, तर आशा गर्ने ठाउँ देखियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीबन बीमा कम्पनीहरु मध्येको कान्छो जीबन बीमा कम्पनी ‘प्रभु लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमशिकमा खासै उल्लेख्य प्रगति गर्न नसकेको वित्तीय विवरण प्रकाशित गरेको छ, आर्थिक बर्षको पहिलो तिन महिनामा कम्पनीले ६ करोड ४ लाख खुद बीमा शूल्क रकम आर्जन गरेको छ । गत आर्थिक बर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।१ अर्ब ४० करोड चुक्ता पुंजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७५ लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा १२ करोड ४१ लाख रुपैयाँ सञ्चित छ, कम्पनीको जीवन बीमा कोष तुलनात्मक रुपमा सबलबन्दै गएको देखिन्छ। कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५३ करोड २५ लाख भन्दा माथि पुगेको छ । कम्पनीले महाविपत्ती जगेडा कोषमा ३९ लाख १९ हजार रुपैयाँ छुट्टाएको छ ।

४ हजार ३९ वटा बीमालेख रहेको कम्पनीमा हालसम्म कुनै दाबी परेको छैन् । बीमा समतिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० करोडको साधारण शेयर जारी गर्नेछ ।

Esewa
Crest

कम्पनीले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी तथा नेर्टवर्थमा परिर्वतन हुनसक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS