IME Life New

प्रभु लाइफले आईपीओबाट उठाउने ६० करोड रुपैयाँ कहाँ लगानी गर्दै छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर २९ गते बाट प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्बमध्ये ३० प्रतिशत अर्थात  ६० करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६०,००,००० कित्ता साधारण शेयर निस्काशन गर्दै छ।

कम्पनीको आहवान पत्र अनुसार कम्पनीले उठाउने ६० करोड रुपैयाँ तीन शीर्षकमा लगानी गर्ने योजना बनाएको छ । ५० करोड रुपैयाँ कम्पनीले बाणिज्य बैंक/नेपाल पुर्बाधार बैंक लिमिटेडको मुद्धती निक्षेप, विकास बैंकको मुद्धती निक्षेप, वित्तीय कम्पनीको मुद्धती निक्षेपमा प्रयोग गर्ने छ भने ५ करोड रुपैयाँ डिवेन्चरमा र बाँकी रहेको ५ करोड शेयरमा लगानी गर्ने योजना छ ।

Esewa
Crest

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ मंसिर २९ गते देखि पुष २ गते सम्म खुल्नेछ । पुष २ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि, पुष २ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा पुष १३ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै कम छ । न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन दिन सकिन्छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ ।

  • र यो पनि !

मंसिर २९ गते देखि आउने प्रभु लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS