IME Life New

प्रभु महालक्ष्मी लाइफको व्यापारमा उछाल, ३८.७५%ले बढ्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म प्रभु महालक्ष्मीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३८.७५ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०.२८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ४१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ५० करोड २७ लाख रुपैयाँ थियो।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९९.५३ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीले यस अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०२.८४ प्रतिशतले बढेको छ।

शेयर पुँजी ४ अर्ब २९ करोड रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.२३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.९२ रुपैयाँ थियो। पीई रेसियो ६१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS