IME Life New

प्रभु महालक्ष्मी लाइफको शेयर मंगलबारबाट किनबेच गर्न सकिने, कतिमा खुल्नेछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर भोलि मंगलबारदेखि कारोबारमा आउने भएको छ।

साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार भोलिदेखि प्रभु महालक्ष्मी लाइफको नाममा शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेको आजको निर्णयबाट प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको शेयर कारोबार फुकुवा गरिएको हो।

साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका हुन्। मर्जर प्रक्रिया पूरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको छ। एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको शेयर कारोबार रोक्का गरेको थियो। महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन।

शेयर रोक्का हुनअघि प्रभु लाइफको शेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। अब यही मूल्यबाट प्रभु महालक्ष्मी लाइफको शेयरमूल्यमा कारोबार खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS