IME Life New

प्रभु बैंक र वन्डर्स नेपालबीच व्यावसायिक सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास लिएको बैकले जनाएको छ ।

प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक श्री शेखर राज वस्ताकोटी र निर्देशक श्री पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।

Esewa
Crest

उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रालिको परिसरमा एटिएम, क्युआर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ । सम्पूर्ण सर्वसाधारण तथा ग्राहकहरुले वन्डर्स नेपाल प्रालि अन्तर्गत काठमाडौंको कमलादी स्थित स्काई वाक भ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS