IME Life New

प्रभु बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सम्झौता भएको छ । मंगलबार २ निकायबीच रातो हाब्रे (रेड पाण्डा) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

सदर चिडियाखानाद्वारा सञ्चालित ‘एडप्ट एनिमल’ अभियान अन्तर्गत गरिएको उक्त सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ बैंकको विश्वास छ । यस्तै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS