IME Life New

प्रभु बैंक र युएसआईडीबीच व्यापार, प्रतिस्पर्धात्मकता सहयोग सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्तर्गतको सहयोग सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना का तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुजले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहूँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त लक्ष्य हासिल गर्न युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको संचालन तथा नयाँ नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS